Logo

तरुण महासचिव शाहीलाई जिताउन यूवाहरु सक्रिय



काठमाडौं, ५ कार्तिक । राजधानीमा बस्दै आएका यूवाहरुले कालिकोट काँग्रेसबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार बनेका नेपाल तरुणदलका महासचिव भूपेन्द्रजंग शाही चुनावमा जिताउनको लागि अभियान सुरु गरेका छन्।

नेविसंघ कालिकोट–काठमाडौं सम्पर्क समितिले राजधानीमा एक कार्यक्रमको आयोजना गरेर उक्त अभियान सुरु गरेको हो । सम्पर्क समितिका अध्यक्ष मेघराज बिष्टले कालिकोटबाट प्रतिनिधि सभाको लागि उम्मेदवार बनेका तरुण दलका महासचिव शाहीलाई जिताउनको लागि यूवाहरु लाग्नुपर्ने बताए ।

अध्यक्ष बिष्टले भने,‘कालिकोटबाट प्रतिनिधि सभाको लागि विकासप्रेमि नेता भूपेन्द्रजंग शाहीलाई काँग्रेसले उम्मेद्वार बनाएको छ, उहाँ काँग्रेसको मात्रै नेता नभएर सिङ्गो मुलुकको यूवा नेता हो, उहाँलाई कालिकोटका जनताले जिताउने छन्, हामी उहाँलाई जिताउनको लागि अभियानमा जुटेका छौँ।’

कार्यक्रममा दिपेन्द्र बुढा, जगतजंग बिष्ट, उमेश योगी, मदन शाही, बिरमान बिक लगायतको उपस्तिथि रहेको थियो । तरुण दलका महासचिव भुपेन्द्रजंग शाहीले आज कालिकोट पुगेर मनोनयन दर्ता गराएका छन् ।

महासचिव शाहीले आगामी मंसिर १० गतेको निर्वाचनमा जनताले उचित व्यक्तिलाई मत दिने दाबि गरेका छन् । उनले भने,‘कालिकोटको शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार लगायतका योजना लिएर आएको छु, मलाई यसपालि जनताले भोट दिनुहुन्छ भन्ने आशा लिएको छु।’



प्रतिक्रिया दिनुहोस्