Logo

प्रजातान्त्रिक शक्तिले पूर्वराजाको सन्देशको मर्म बुझ्नुपर्छ :  राष्ट्रिय शिवसेना पार्टी



काठमाडौं, ६ कार्तिक । राष्ट्रिय शिवसेना पार्टीले पूर्वराजा ज्ञानेन्द्र शाहको पछिल्लो अभिव्यक्ति मुलुक र जनताको हितमा भएको भन्दै स्वातग गरेको छ। उक्त पार्टीद्धारा आज जारी एक प्रेस वक्तव्यमा भनिएको छ,‘आज मुलुकको राष्ट्रियता, सार्वभौममिकता, राजकीय शासन सत्ता नेपालीको हातमा नभएको र भ्याटिकन सिटीले बन्धक बनाईरहेको यस विषम् परिस्थिति र संकट घडीमा प्रजातान्त्रिक पद्धतिको अस्तित्व पनि समाप्त हुन गइरहेको र मुलुक नेतृत्वविहिन भइरहेको अवस्थामा समय सापेक्ष जनचाहना अनुसार र देशको माँग

बमोजिम श्री ५ महाराजाधिराज ज्ञानेन्द्र बिर बिक्रम शाहदेव सरकारबाट ०७४ कार्तिक ४ गतेका दिन मुलुकको नेतृत्व र जिम्मेवारी लिन तयार छु भनेर आएको सन्देश स्वभाविक देश र जनताको हितमा छिमेकी राष्ट्रहरुको पनि हिमा भएको हुनाले यो अपरिहार्य सन्देशको हाम्रे पार्टी देशभक्त राष्ट्रवादी जनताको तर्फबाट स्वागत गर्न चाहन्छौं।’

पार्टी अध्यक्ष बिक्रम बहादुर बमद्धारा जारी विज्ञप्तीमा भनिएको छ,‘साथै यस सन्देशलाई दक्षिणको आँखाले हेर्न र उत्तरको कानले सुन्न सक्नुपर्छ, र प्रजातान्त्रिक शक्तिले यसको मर्म बुझ्न सक्नुपर्छ भन्दै आवश्यकत्ता अनुसार राष्ट्रिय शिवसेना पार्टी, पार्टी र व्यक्तिगत स्वार्थभन्दा माथि उठेर जुनसुकै प्रकारको कठोर निर्णय र कदम उठाउन तयार रहेको जानकारी गराउन चाहन्छौं।’



प्रतिक्रिया दिनुहोस्