Logo

‘रुद्रप्रिया’ महिलाले हेर्नैपर्ने फिल्म होः मेनुका थापा



काठमाडौं, ७ कार्तिक । समाजसेवी एवम् महिला अधिकारवादी मेनुका थापाले लोकप्रिय नायिका रेखा थापा र नायक आर्यान सिग्देल अभिनित नेपाली कथानक चलचित्र ‘रुद्रप्रिया’ नेपाली महिलाहरुले एक–पटक हेर्नुपर्ने बताएकी छन् ।

समाजसेवी मेनुका थापाले चलचित्र रुद्रप्रियाको ‘प्रिमियर शो’ हेरेको जानकारी दिदै आफ्नो फेशबुक वालमा लेखेकी छन्,‘सफल नायिका, मेरो प्रिय बहिनी रेखा थापाको अर्को दमदार प्रस्तुति नेपाली कथानक चलचित्र ‘रुद्रप्रिया’ले मेरो मन मस्तिष्क नहल्लाई दिएको भए अनि दर्शकलाई नरुवाई दिएको भए हुने नी, तर रुवायो, हसायो, दिमाग हल्लायो र सोच्न बाध्य बनायो र आह्वान गर्न प्रेरित गर्यो की सम्पूर्ण महिलाले हेर्नैपर्ने, झन पुरुषले त छुटाउनै नमिल्ने चलचित्र हो ‘रुद्रप्रिया’ सूपर डूपर सफलताको लागी रुद्रप्रिया टीमलाई शुभकामना । अति स्तरीय चलचित्र हेर्ने अवसर मिलेकोमा सम्पूर्ण हामी दर्शक भाग्यमानीलाई बधाई।’

यि नै महिला अधिकारकर्मी मेनुका थापासँग सम्पर्क गरेर वास्तवमा चलचित्र ‘रुद्रप्रिया’ के हो ? भनेर सोधेका थियौ। रिपोर्टर्सनेपालसँगको कुराकानीमा थापाले भनिन्,‘मानव जीवनका अनेकन भोगाईहरुको सामुन्नेमा समयले चक्र बदल्छ। जुन समयलाई हामी बलवान भन्छौँ ।

चलचित्र ‘रुप्रप्रिया’ले महिलाहरुको मात्रै नभएर सग्रम मानव जीवनको अस्तित्वलाई उजागर गर्न खोजेको छ। हुन त चलचित्रले सबै थोक देखाउन सक्दैन, त्यो सम्भव पनि हुँदैन, चलचित्रले सन्देश प्रवाह गर्ने हो र संकेत गर्ने मात्रै हो।’

उनले अघि थपिन,‘रेखा थापाको यो चलचित्र उच्च बौद्धिक स्तरको छ, खोज मुलुक छ, सतहिमा पुग्न बाध्य बनाउने चलचित्र हो, यो चलचित्रको भित्रि थिम जो कोहीले नबुझ्न पनि सक्छ, नेपाली चलचित्रको योग्यता थाह पाउनको लागि यो चलचित्र हेरेपछि थाह हुन्छ, एउटा मानिस जीवनमा घटेको घटना अनेकौ मानिसका जीवनमा मेल खान्छन्, हामीले सडक किनारामा देखेका र हामीले भन्ने गरेका पागल मानिसहरु खासमा को होलान ? ति पनि त कसैको श्रीमान, कसैको श्रीमती, कसैको छोरी, कसैको छोरा, कसैको आफन्त, यसरी हेर्दा रेखाले उठाउने खोजेको जोखिमलाई सलाम भन्नै पर्छ, र माथि उल्लेखित मानिसको वास्तविकता र कारणलाई ऐना बनाएर देखाउन खोजिएको छ।’

न्यायलयको चरम दुरपयोग भएको सत्यलाई देखाएको भन्दै समाजसेवी थापाले भनिन्,‘चलचित्रमा एसिड प्रहार गरेर कानुन र शक्तिको खिलाप गरिन्छ, हिजो हाम्रो समाजले त्यहि भोगेर आयो, आज यहि भोग्दै छ, भोलिका सन्ततिले यस्तो भोग्न नपरोस भनेर खुल्ला अपिल गरेको छ,प्रेमको होस् या जुनसुकै चिज प्राप्तगर्ने आशामा कोही कसैको जिन्दगी बर्वात बनाउनु हुँदैन भन्ने सन्देश छ, यो चलचित्रले हसाउँछ, रुवाउछ, सोच्न बाध्य बनाउछ,नारिवादी चलचित्र भएका कारण महिलाले त झनै हेर्नैपर्छ।’

नायिका थापाले निमार्ण गरेका सम्पूर्ण चलचित्र नारिवादी भएको टिप्पणी गर्दै समाजसेवि थापाले आजको जमना हाँस्ने र हसाउँने नभएर गम्भिर चिन्तन मनन गर्नुपर्ने र समाजमा भएका अत्याचारलाई अन्त्य गर्नुपर्ने बताउछन् । महिलाहिँसाका बिरुद्धमा सचेतनात्मक चलचित्र निमार्ण गर्दै राजनीतिमा होमिएकी नायिका थापा राप्रपा ‘प्रजातान्त्रीक’ की सह–महामन्त्री हुन।

रुद्रप्रियाका बारेमा सामाजिक सञ्जालमा आएका प्रतिक्रियाहरु



प्रतिक्रिया दिनुहोस्