Logo

कमल गिरि बचाउ अभियानद्धारा झण्डै ४ लाख संकलन



कौरव खत्री :  गुल्मी १० कार्तिक । गुल्मीको मुसिकोट नगरपालिका वडा नं. १ पौदी अमराई वालुवाका कमल गिरीको उपचारका लागि विदेशमा रहेका नेपालीहरुको तर्फवाट ३ लाख ८१ हजार हस्तान्तरण गरिएको छ।

कमल गिरी बचाउ अभियान अन्तर्गत सहयोग रकम संकलनगरि बिहिबार औपचारीक कार्यक्रम मार्फत हस्तान्तरण गरिएको हो।

पौदिअमराईमा भएको कार्यक्रममा सहयोग रकम हस्तान्तरण गर्दै मुसिकोट नगरपालिकाका मेयर सोमनाथ सापकोटाले विदेशि भूमिमा पसिनासँग साटेको रकम उठाउने कुरा सहज नभएको र मानविय नाताले आफ्नो खर्च कटाई सहयोग गर्ने सवै प्रति आभार व्यक्त गरेका छन् ।

सापकोटाले अभियानका संयोजक कृष्ण खत्री र संचारमाध्ययमवाट घटनालाई वाहिर पुर्याउने ओझेलका खवर संचालक पत्रकार प्रेम सुनारलाई धन्यवाद दिएका छन।

झण्डै २ वर्ष अगाडि सवारी दुर्घटनामा परि गम्भिर घाइते भएका २२ वर्षिया कमल गिरीको भरतपुरमा रहेको चितवन मेडिकल उपचार भैरहेको र आर्थिक अभाव भएपछि कमल बचाउ अभियान सुरु गरिएको थियो।

अभियानको तर्फवाट ४ लाख ७१ हजार वढि रकम वोल भएपनि ३ लाख ८१ हजार नगद जम्मा भएकोले सो रकम हस्तान्तरण गरिएको हो।

उक्त अभियानमा ओझेलका खवरका संचालक तथा पत्रकार प्रेम सुनार मार्फत सुभारम्भ गरिएको थियो। ओझेलका खबर मार्फत गुल्मी तथा आसपासका क्षेत्रमा धेरै पिडितहरुले उपचार पाउँदै आएका छन् ।

कार्यक्रममा मुसिकोट नगरपालिकाका मेयर, उपमेयर, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, पत्रकार, स्थानिय वुद्धिजिवि लगाएतको सहभागिता रहेको थियो ।

कार्यक्रम मुसिकोट नगरपालिका वडा नं. १ का अध्यक्ष पुर्ण वहादुर हितानको अध्यक्षता, पूर्व वडा नागरिक मञ्चका संयोजक इश्वरा गिरीको स्वागत मन्तव्य तथा शिक्षक दिपक गिरीले सञ्चालन गरेका थिए ।

 



प्रतिक्रिया दिनुहोस्