Logo

चलचित्र ‘विरताको चिनो २’ मा रमित ढुंगाना



काठमाडौं, ११ कार्तिक । स्क्रिप्ट राईटर तथा फिल्म निर्देशक शिवम अधिकारीको निर्देशनमा नयाँ चलचित्र ‘विरताको चिनो २’ निर्माण हुने भएको छ ।

नालापानीको कथामा आधारित भएर निर्माण हुने चलचित्रको कथा निर्देशक शिवम आफैले लेखेका हुन् । यस अघि यो चलचित्रको नाम ‘नालापानी’ राखिएको थियो ।

श्याम कार्कीको प्रस्तुतीमा सुनिल लामाले निर्माण गर्न लागेको चलचित्रमा रामेश्वर कार्कीको छायांकन, मणि थापाको संगीत, चन्द्र पन्तको द्वन्द्व रहनेछ ।

श्याम कार्कीले यस अघि ‘विरताको चिनो’ नामक फिल्म निर्माण गरेका थिए । माघबाट छायांकन सुरु हुने फिल्मको बजेट २ करोड माथि रहने निर्माता सुनिल लामा बताउँछन् ।

फिल्मका लागि अधिकांश नयाँ कलाकार अडिसनबाट छानिने छ । चलचित्रमा रमित ढुंगाना, गणेश गिरि, श्रीदेव भट्टराई, श्याम कार्की, सुनिल लामा, केशब सापकोटा भने फाइनल भैसकेका छन् ।

चलचित्रको विषयमा जानकारी दिँदै निर्देशक अधिकारीले भने, विगत ५ वर्षदेखि नेपाल र भारतका विभिन्न ठाउँहरुमा पुगेर फिल्मको कथावस्तु तयार पारेको छु । आशा छ फिल्मलाई उत्कृष्ट बनाउन सफल हुनेछु ।

उनका अनुसार, नालापानीको युद्दमा नेपाली विर सेनाहरुले देखाएको विरताको कथा नै फिल्मको मुख्य बिषयवस्तु हो । फिल्मको छायांकन हेटौंडा, सिन्धुली र काठमाडौँमा हुनेछ ।



प्रतिक्रिया दिनुहोस्