Logo

नेताको दैलो धाएर बनेको नेताले देश र जनताको हित गर्न सक्दैन : गायक पंगेनी



काठमाडौं, ११ कार्तिक । २०४८, ०५० साल तिरैबाट जनता र पार्टीका गित गाएर चर्चामा आएका गायक बर्दी पंगेनीलाई धेरैले आगामी निर्वाचनमा भाग लिने अपेक्षा गरेका थिए ।

तर त्यो नजर अन्दाज भ्रममा परिणत हुने निश्चित प्राय बनेको छ । गायक पंगेनी राजनीतिमा लागेर नेता बन्ने भन्दा पनि उनि संलग्न संस्था राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको वृहत विकासमा जुटि रहेका छन् ।

भावि दिनमा गायक पंगेनी राजनीतिमा आउने पक्का जस्तै छ । उनका क्रियाकलापहरु मुुलुकको नेतृत्व सवल भएन भन्ने तर्फ उन्मुख छन् । अरुलाई गर्न सकिनस भन्नेहरुले स्वयम आफुले नगरेको खण्डमा त्यो आर्दशको भाषण बाहेक अरु केही हुँदैन ।

गायक पंगेनी यस्तो व्यक्ति हुन जसले समाजको प्रतिनिधित्व सहजै गर्ने आट गर्छन । लोकतन्त्र प्राप्तिका लागि उनले खेलेको भूमिका अहम छ ।

०६२–०६३ को जनआन्दोलनमा खुलेरै तानाशाहको बिरुद्धमा लागेका गायक पंगेनी लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष हुन। उनले हालसालै राजनीतिमा होमिने कुनै तयारी थालेका छैनन् ।

रिपोर्टर्सनेपालसँगको कुराकानिमा उनले भने,‘नेताको दैलो धाएर बनेको नेताले देश र जनताको हित गर्न सक्दैन जनताले बनाएको नेताले मात्रै जनभावना बुझ्न सक्छ, हाम्रो देशमा अरुले बनाएको नेता चाहिएको होईन, जनताले चाहेको नेता चाहिन्छ,बरु आगामी निर्वाचनमा हाम्रो भन्दा राम्रो नेता छान्न आवश्यक छ।’

गायक पंगेनीले भने,’हाम्रो देशका नेता बाहिय रिमोटले चल्छन्, अब जनताको भोटले चल्नुपर्छ, राजनीति बिचार अनि सिद्धान्तमा आधारित भएर चल्नुपर्छ, न्यायको भिख मागेर मर्नुपर्ने दिनको अन्त्य हुनुपर्छ।’

उनले भने,‘म हालसालै राजनीतिमा होमिने तयारीमा छैन्, हेर्दैजाउ भोलिका दिनमा के हुन्छ, सबैको सल्लाह सुझावका आधारमा निर्णय लिनेछु।’



प्रतिक्रिया दिनुहोस्