काठमाडौं १२ कार्तिक । प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी निर्वाचनमा लोकतन्त्रका पक्षमा मतदान गर्न आग्रह गरेका छन् । पोखरामा शनिबार पार्टी प्रवेश कार्यक्रममा उनले बामपन्थी गठबन्धनले लोकतन्त्र पक्षधरका लागि चुनौती उत्पन्न गरेका बताए ।
माओवादी र एमालेको वाम गठबन्धनले एकदलीय व्यवस्था ल्याने त्रास उत्पन्न गरेको भन्दै देउवाले भयमुक्त शासनका लागि कांग्रेसले जित्न आवश्यक रहेको दाबी गरे ।
साम्यवादी गठबन्धनले नेपालमा फेरि डर, त्रासको शासन ल्याउन खोजेको छ, उनले भने साम्यवादी शासन भएको देमा कहीं प्रजातन्त्र छैन, बोल्न र लेख्न पाईँदैन ।
उत्तर कोरियालाई हेरे हुन्छ । मततादाले स्थानीय तहमा भोट हालेकै पार्टीलाई राष्ट्रिय, प्रान्तीयस्तरमा पनि भोट हाल्छन् भन्ने नरहेको देउवाको भनाई छ ।, यो खबर आजकोकान्तिपुरमा छ ।