Logo

सोनाहाङ राई बने पहिलो एभरेष्ट आइडल



बेलायत, १२ कार्तिक । सोनाहाङ राईले पहिलो एभरेष्ट आइडल बन्न सफल भएका छन् । अक्टोबर २८ तारिखमा सम्पन्न भएको पहिलो ‘एभरेस्ट आइडल गायन’ प्रतियोगितमा राई पहिलो बन्न सफल भएका हुन।

बेलायतको एम्पायर बेङ्क्युटिङ हल, अल्डरसटमा मेडिया हबको आयोजनामा सम्पन्न कार्उक्रममा प्रमुख अतिथी बेलायतका लागि नेपाली राजदूत साहित्यकार डा.दुर्गाबहादुर सुबेदी, विशेष अतिथि एनआरएन यूकेका वर्तमान अध्यक्ष योगकुमार फगामीको उपस्थिति थियो।

प्रतियोगितामा १४ प्रतिस्पर्धिहरु क्रमश सोनाहाङ् राई, सुमि राई, मार्गरेट लिम्बु, निमान तामाङ, काशी राई, लच्छुशेर्पा, किरण गुरुङ, आईति गुरुङ, निरु चन्द, दिप प्रकाश राई, प्रवेश राई, मनोज गुरुङ, शकुन सुनुवार, नन्दिता राई भएकोले कार्यक्रमलाई ३ चरणमा विभाजन गरिएको थियो।

पहिलो चरणमा ४ जना आउट, दोस्रो चरणमा ५ जना आउट गर्दै र फिनालेमा ५ जना क्रमशः दिपप्रकाश राई, निमान तामाङ्, सुमी राई सोनाहाङ राई, मनोज गुरुङ पुगेका थिए।

 



प्रतिक्रिया दिनुहोस्