Logo

कांग्रैस ४२ सिट दिन तयार, राजपा ५५ मै-आज निर्णय हुने



काठमाडौं १४ कार्तिक । नेपाली कांग्रेस र राजापाबीच तालमेलका विषयमा आज निर्णय हुने भएको छ । राजपाले ५५ सिटको अडान राखेपछि कांग्रेस केही नेताका बिचमा मात्र्र तालमेलको रणनीतिमा लागेको छ । राजपा माने ४२ सिट दिने र नभए शीर्ष नेताहरुका क्षेत्रमा मात्रै तालमेल गर्नेगरि छलफल भइरहेको छ । वाम गठबन्धन बलियो भएका ठाउँहरुमा मात्र चुनाव तालमेल गर्ने प्रस्ताव गरेको छ । राजपामा नेता महेन्द्र यादवका अनुसार राजपा २० सिटमा जित्ने निश्चित भएकाले ५५ सिटमा तालमल हुनुपर्ने अडान छ ।

आज दिउँसोसम्म निर्णय हुने उनले बताए ।

स्रोतका अनुसार कांग्रेस वा राजपा(फोरम जित्ने ठाउँमा प्रतिस्पर्धा गर्ने छन् भने वाम गठबन्धन बलियो भएका सिटहरुमा मात्र तीन दलको चुनाव तालमेल हुनेछ ।
कांग्रेस, राजपा र फोरम एकअर्काका शीर्ष नेताहरुलाई सघाउने पनि सकारात्मक छन् । कांग्रेसले सुनसरी १ मा संघीय फोरमका वरिष्ठ नेता अशोक राईलाई समर्थन गर्न नेता मीन विश्वकर्मालाई समानुपातिकमा राखेको छ ।

संयोजक महन्थ ठाकुर महोत्तरी ३ र बाट चुनाव लड्ने तयारीमा छन् भने राजेन्द्र महतो सर्लाही ४, महेन्द्र राय यादव सर्लाही २, शरतसिंह भण्डारी महोत्तरी २, अनिल झा रौतहट १ र राजकिशोर यादव सिरहा ४ बाट चुनाव लड्ने तय भएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot