काठमाडौं १६ कार्तिक । भारत पन्जावकै मनमितसिंह भाटिया केन्द्रीय कारगारभित्र हतियारसहित प्रवेश गरी युनुस अन्सारीमाथि गोली चलाउन खोज्दा पक्राउ परेका थिए ।
लालिम्पाटमा मारिएका जमिम साह र घन्टाघरअगाडी मारिउका फैजान अहमदको हत्यामा भारतीय सुटर संलग्न रहेको यी घटनाको अनुसन्धानमा गठित उच्चस्तरीय आयोगको अनुसन्धानमा खुलेको थियो ।
पछिल्ला दिनमा पनि हतियारसहित काठमाडैं आएका भारतीइ सुटर पक्राउ पर्ने गरेका छन् ।
असोज २२ मा प्रहरीको विशेष ब्युरोले भारतीय नागरिक दीपकुमार श्रीवास्तव र रञ्जनकुमार यादवलाई हतियारसहित बोद्धबाट पक्राउ गरेको थियो ।
नेपालका एक व्यवसायीको हत्याको योजना बनाएर उनीहरु नेपाल आएको दावी गरिएको थियो ।
दुवै जनालाई अनुसन्धानपछि ब्युरोलो महानगरीय प्रहरी बृत्त बौद्धको जिम्मा लगाएको थियो ।
उनीहरुलाई कसुले नेपाल पठाएको थियो र उनीहरुले टार्गेट गरेको व्यवसायी को हुन् भन्ने अझै खुलेको छैन ।
अधिकांश यस्ता घटना नेपालका सुरक्षा निकायको ध्यान नियमित सुरक्षाभन्दा अन्य प्रकृतिको सुरक्षामा खटिएका बेला ुहने गरेको छ ।
अहिले नेपालमा चुनावको तयारी भईरहेको छ अधिकांश सुरक्षाकर्मि निर्वाचन सुरक्षा तयारीमा केन्द्रित छन् ।
यस्तो बेला भारतीय आपराधिक समहुले ठुलै योजनासहित ती दुवै युवालाई नेपाल पठाको हुन सक्ने प्रारम्भिक अनुसन्धानको निष्कर्ष छ ।, यो खबर आजको नागरिक दैनिकले लेखेको छ ।