Logo

मंसिर २१ गते हुने रोचक भिडन्तहरु, चितवन प्रचण्डको कारण चर्चामा



धनराज वास्तविक :  काठमाडौं, १९ कार्तिक । आगामी मंसिर १० र २१ मा हुने प्रदेश सभा र प्रतिनिधि सभाको चुनावमा शीर्ष नेताहरुवीच नै रोचक भिडन्त हुने भएको छ । शीर्ष नेताहरुवीचको रोचक भीडन्तका कारण नै निर्वाचन हुनु एक महिना अगावै अहिले ती जिल्लाहरु चर्चा तथा परिचर्चाका केन्द्रविन्दु बनेका छन् ।

पार्टी एकताको गृहकार्यसँगै एमाले र नेकपा माओवादी केन्द्रबीच चुनावी तालमेल बनेको छ । त्यसका बिरुद्धमा कांग्रेस, राप्रपा, राजपा नेपाल, संघीय समाजवादी फोरम नेपाल र राप्रपा–प्रजातान्त्रिक लगायतका दलहरुले बृहत्त लोकतान्त्रिक गठबन्धन बनाएर वाम गठबन्धनलाई ठूलो काउन्टर दिएका छन् ।

प्रदेश नम्बर २ मा भने राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरमबीच चुनावी तालमेल छ । त्रिपक्षीय तालमेलका कारण केन्द्र सभा र प्रदेश सभाको निर्वाचन रोचक तथा शीर्ष नेताहरुको लागि अग्निपरिक्षा सावित हुनेछ ।

कतिपय निर्वाचन क्षेत्रमा गठबन्धनकै उम्मेद्वारले जित निकाल्न कठिन पर्ने देखिन्छ भने अर्कोतर्फ प्रमुख दलका शक्तिशाली तथा चर्चित नेताहरु लड्ने निर्वाचन क्षेत्रहरू पनि एउटै छन्।

गठबन्धनको कारण सम्भावना बोकेका नेताहरुको पलायनका रुपमा हेरिएको आगामी निर्वाचनका बारेमा संक्षिप्त चर्चा गारौँ ।

पुष्पकमल दहाल ‘प्रचण्ड’ र विक्रम पाण्डे

दोस्रो संविधान सभा निर्वाचन २०७० मा काठमाण्डौं क्षेत्र नम्बर १० बाट पराजित भएका पुष्पकमल दाहाल ‘प्रचण्ड’ आउँदो मंसिर २१ गते चितवन क्षेत्र नम्बर ३ मा विक्रम पाण्डेसँग प्रतिष्पर्धा गर्दैछन् ।

स्थानीय तहको निर्वाचनमा कांग्रेससँग चनावी तालमेल गरेर भरतपुर महानगरपालिकामा छोरी रेणु दाहाललाई मेयर बनाउँन सफल भएका प्रचण्ड आफ्नो जितको लागि एमालेसँग चुनाबि तालमेल गर्न पुगेका छन् ।

असोज १७ गते मंगलबार एमाले र माओवादीबीच चुनावी तालमेलसँगै पार्टी एकताको गृहकार्य थालेका प्रचण्डको विरुद्ध वन मन्त्रीसमेत रहेका राप्रपाका नेता विक्रम पाण्डे उठेका छन्। चितवनका रैथाने पाण्डे राप्रपा र कांग्रेसका संयुक्त उम्मेदवार हुन् । उनले दोस्रो संविधानसभा चितवन क्षेत्र नम्बर ५ बाट जित हासिल गरेका थिए।

यस क्षेत्रमा कांग्रेस र राप्रपाको मत बलियो मानिन्छ । एमाले माओवादी गठबन्धनको संयुक्त भोट पनि राम्रो छ । तर विक्रम पाण्डे स्थानिय बासिन्दाका प्रिय नेता हुन । चिवनको विकासमा पाण्डेको भूमिका महत्वपूर्ण रहँदै आएको कारण दाहाललाई जित्न त्यति सजिलो छैन् ।

स्थानिय तहको निर्वाचनमा मत च्यातेको विषयलाई लिएर चितवन चर्चामा रहेको थियो । फेरी पनि चितवन चर्चामै रहने निश्चित प्राय बनेको छ ।

बाबुराम भट्टराई र नारायणकाजि श्रेष्ठ

कुनै बेला एउटै मोर्चामा रहेर माओवादी आन्दोलन हाकेका नेता बाबुराम र नारयाणकाजि गोरखामा भने आगामी मंसिर १० को निर्वाचनमा गोरखा क्षेत्र नम्बर २ मा एक–आपसमा आम्नेसाम्ने हुँदैछन् ।

बाबुराम नयाँ शक्ति नेपालका संयोजक हुन । नारायणकाजि श्रेष्ठ माओवादी केन्द्रका वरिष्ट नेता हुन। काँग्रेसको समर्थनमा बाबुराम चुनावि मैदानमा ओर्लिएका छन भने बामगठबन्धनबाट नारायणकाजि श्रेष्ठ चुनावी मैदानमा छन् ।

बाबुराम पूर्वप्रधानमन्त्री हुन भने प्रकाश पूर्व उप–प्रधानमन्त्री हुन । गोरखाको विकासमा प्रकासको भन्दा बाबुरामको भूमिका बढि रहेको जनमतलाई चिर्न प्रकाशलाई त्यति सहज भने छैन्। यि चर्चित व्यक्तिहरुकै कारण गोरखा २ को निर्वाचन रोचक हुने पक्का छ ।

ईश्वर पोखरेल र डा.प्रकाशशरण महत

दोस्रो संविधानसभा निर्वाचन २०७० मा काठमाडौँ क्षेत्र नम्बर ५ बाट काँग्रेस नेता नरहरि आचार्य विजयी भएका थिए । एमालेका ईश्वर पोखरेललाई कांग्रेस नेता नरहरि आचार्यले १ हजार मतले पछि परेका थिए ।

त्यही क्षेत्रमा यसपालि आचार्यको स्थानमा कांग्रेस नेता डा.प्रकाशशरण महत मैदानमा छन् । एमाले महासचिव पोखरेल नै उम्मेदवार बनेका छन् । पार्टीभित्र र बाहिर शक्तिशाली नेताको रुपमा परिचित नेता पोखरेल र महतबीचको चुनावी प्रतिस्पर्धा रोचक हुनेछ । साथै चर्चा मै रहने आँकलन गरिएको छ ।

कृष्ण सिटौला र राजेन्द्र लिङ्गदेन

मुलुक भर चुनावी तालमेल गरेको कांग्रेस र राप्रपा झापा क्षेत्र नम्बर ३ मा भने आम्नेसाम्ने भिड्ने भएका छन्। कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देन बीच कडा प्रतिष्पर्धा हुने देखिएको छ । संविधान सभाको दोस्रो निर्वाचनमा पनि यि दुई जनाबीच प्रतिस्पर्धी भएको थियो । सिटौलाले थोरै मतले मात्रे जित निकाले थिए।

शेखर कोइराला र लालबाबु पण्डित

शेखर कोइराला काँग्रेसका शक्तिशाली नेता हुन । मोरङ क्षेत्र नम्बर ६ मा दोस्रो संविधानसभाको चुनावमा तात्कालिन फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारलाई हराएका थिए।

सुशील कोइराला नेतृत्वको सरकारमा सामान्य प्रसाशन मन्त्री भएको बेला खुब हाईहाई पाएका एमाले नेता लालबाबु पण्डित कोइरालासँग प्रतिस्पर्धा गर्नको लागि मैदानमा ओर्लिएका हुन ।

लालबाबुले डिभी र पिआर धारीहरुलाई जागिरबाट विदागर्ने नीति लिएर खुबै चर्चा कमाएका थिए । गच्छदार कांग्रेस फर्किएका कारण लालबाबुलाई निर्वाचन जित्न त्यति सहज नहुने देखिएको छ ।

विमलेन्द्र निधि र राजेन्द्र महतो

राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतो र नेपाली काँग्रेसका शक्तिशालि नेता विमलयन्द्र निधिबीच धनुषा क्षेत्र नम्बर ३ मा कडा
प्रतिष्पर्धा हुने भएको छ ।

गठबन्धनको विषयमा लामो छलफल गरिएपनि राष्ट्रिय जनता पार्टी र कांग्रेसबीच तालमेल गर्ने विषय सफल भएन । यि दुबै जना चर्चा र शक्तिशालीका हिसावमा अग्र भागमा छन् । नेपाली काँग्रेसको राम्रो जनमत मानिएको धनुषा ३ मा राजपाले पनि आफ्नो हैसियत राम्रो रहेको दाबि गरेका छ ।

गगन थापा र राजन भट्टराई

काठमाडौँ क्षेत्र नम्बर ४ मा कांग्रेस नेता गगन थापा र एमालेका राजन भट्टराईबीच प्रतिष्पर्धा हुने भएको छ ।
दोस्रो संविधानसभामा काँग्रेस यूवा नेता गगन थापाले एमालेका उम्मेदवारलाई झन्डै १३ हजार मतले जितेका थिए। स्थानीय तहमा यस क्षेत्रमा कांग्रेसलाई भन्दा वाम गठबन्धनलाई बढि मत आएको थियो । गगन थापाकै कारण काठमाडौ क्षेत्र नम्बर ४ चर्चामा रहेन छ । रोचक पनि बन्ने छ ।

प्रकाशमान सिंह र रवीन्द्र मिश्र

काठमाडौँको क्षेत्र नम्बर १ को चुनावी प्रतिष्पर्धाबाट कुन रिजल्ट आउँछ भन्ने कुरा यसै भन्न सकिन स्थिति छैन । किन न कि स्थानिय तहको निर्वाचनमा काठमाडौबाट राम्रो मत पाएको नयाँ दल विवेकशील साझाका संयोजक रवीन्द्र मिश्रले उम्मेदवारी दिएका छन्।

उनि नेपाली बिबिसिबाट राजिनामा दिएर राजनीतिमा आएका छन् ।चौतर्फि मिश्रको चर्चा भैरहेको छ । कांग्रेसको गढ मानिने यस क्षत्रमा संविधानसभाका दुबै निर्वाचनमा काँग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले जितेका थिए।

उनै सिँहसँग विवेकशिल साझाका संयोजक रविन्द्र मिश्र चुनावमा भिड्दै छन् । स्थानीय तहको निर्वाचनमा विवेकशील साझाका मेयर उम्मेदवारलाई आएको मत कांग्रेस र एमालेलाई आएको मत धेरै फरक थिएन ।

स्थानीय चुनावमा कांग्रेसकै मत काटेको आरोप झेल्दै आएको साझा विवेकशीलले फेरि कति भोट ल्याउला भन्नेमा चर्चाको विषय बनेको छ । पत्रकारका रूपमा ख्याति कमाएका मिश्र र कांग्रेसका प्रभावशाली नेतासिँहबीचको प्रतिस्पर्धा रोचक तथा चर्चित हुनेछ।

त्यस्तै गुल्मी क्षेत्र नम्बर २ बाट चन्द्र भण्डारी र प्रदीप ज्ञवाली एक आपसमा चुनावी प्रतिष्पर्धा गर्ने भएका छन् । पार्टीभित्र र बाहिर चर्चा कमाएका नेता भण्डारी र ज्ञवाली बीचको चुनावी प्रतिष्पर्धा निक्कै रोचक हुने भएको छ ।

झापा क्षेत्र नम्बर १ मा वाम गठबन्धनको तर्फबाट पूर्वसञ्चारमन्त्री राम कार्की र लोकतान्त्रिक गठबन्धनबाट कांग्रेस यूवा नेता विश्वप्रकाश शर्माबीच चर्को प्रतिष्पर्धा हुने भएको छ।

डिआइजीबाट राजीनामा दिएर एमाले रोजेका नवराज सिलवाल र कांग्रेस नेता, पूर्व सांसद तथा अर्थराज्य मन्त्री उदयशमशेर राणाबीच चुनावी प्रतिष्पर्धा हुँदैछ ।

एमाले उपमहासचिव घनश्याम भुषाल रुपन्देही ३ मा काँग्रेस नेता बालकृष्ण खाँणसँग दोस्रो संविधान सभामा झिनो मतले पराजित भएका थिए। यसपालि उनको प्रतिष्पर्धी राप्रपा नेता तथा स्वास्थ्य मन्त्री दीपक बोहोरा हुनेछन् ।

सिन्धुपाल्चोक क्षेत्र नम्बर १ मा सुचना तथा सञ्चार मन्त्री मोहन बहादुर बस्नेत र अग्नि सापकोटा, त्यस्तै सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट पशुपति शमशेर राणा र बाम गठबन्धनबाट शेर बहादुर तामाङ आम्नेसाम्ने मैदानमा छन् । राणा २०७० सालको संविधान सभाको निर्वाचनमा तामाङसँग पराजित भएका थिए ।

ईलाम क्षेत्र नम्बर २ मा बाम गठबन्धनको तर्फबाट सुवास नेम्वाङ र काँग्रेसको तर्फबाट पुराना नेता तथा पूर्वमन्त्री केशव थापाबीच जुहारी हुँदैछ।

ओखलढुङ्गामा यज्ञराज सुनुवार र रामहरी खतिवडा, बर्दिया १ बाट वामदेव गौतम र सिचाईमन्त्री सञ्जय कुमार गौतम, रोल्पाबाट सिचाई राज्यमन्त्री अमर सिँह पुन र बाम गठबन्धनबाट वर्षमान पुन, जाजरकोटमा शक्ति बस्नेत बाम गठबन्धनबाट र काँग्रेसको तर्फबाट चर्चित नेता राजिव विक्रम शाहबीच कडा प्रतिष्पर्धा हुदैछ ।

 



प्रतिक्रिया दिनुहोस्