Logo

गुल्मी र बाग्लुङ्गका हजारौ दर्शनार्थीहरु दर्शनका लागि मालिकामा



कौरव खत्रीः गुल्मी, १९ कार्तिक ।गुल्मीको धार्मिक तथा पर्यटकीय स्थलका रुपमा परिचित मालिका मन्दिरमा विहानैदेखि मालिकादेवीको दर्शन गर्ने तथा पुजा आरधना गर्ने दर्शनार्थीहरुको घुइचो लागेको छ ।

यस क्षेत्रकै प्रसिद्ध मानिने मालिकादेवीको दर्शन गरि बर माग्दा आफ्नो मनोकाङक्षा पुरा हुने धार्मिक जनविश्वास रहदै आएको छ । प्रत्येक वर्ष शिव बैकुण्ठ चतुदर्शीको अबसरमा मालिका मन्दिरमा विशेष मेला माहेत्सव पुजाआरधना, आफ्ना भाक्कलहरु चढाउने र मालिकादेवी दर्शन र सँगै मालिका मेलाको अवलोकन र मनोरञ्जनको लागि परम्परादेखि नै उल्लेख्य मात्रमा दर्शनार्थीहरुको आउने प्रचलन रहदै आएको छ ।

आजैको दिनलाई मध्यनजर गरि मालिकाको दर्शन गर्न गुल्मी तथा छिमेकी जिल्ला बाग्लुङ्ग र अर्घाखाची लगायतका विभिन्न जिल्लाका स्थानहरुबाट हिजो साँझदेखि नै टाढा टाढा ठाँउबाट कोही गाडीको माध्यमबाट त कोही पैदल यात्रा गरि हजारौँ शदालु भक्तजनहरु मालिका देवीको दर्शन गर्न आइरहेका छन् ।

मालिका देवीको दर्शन गर्न आएका शदालु भक्तजनहरुको घुइचोले मालिका क्षेत्रमा चहलपहल हुनाले मन्दिर आसपासमा रहेका होटल, पुजा आरधनाका सामाग्री,र फलफूल लगायतबाट व्यापारीहरुले लाखौको कारोबार गरेका छन् ।

यस्तै मालिका मन्दिरको दर्शनमा आउने दर्शनार्थीहरुलाई सहज रुपमा मालिकादेवीको दर्शन गर्न उचित व्यवस्थापन गरिएको मन्दिर समितिका अध्यक्ष झविराम शर्माले जानकारी दिए ।

अध्यक्ष शर्माले मन्दिरमा परेवालाई बलीको रुपमा नचढाई परेवा शान्तिका प्रतिक भएको हुदा परेवालाई मन्दिरमा उडाउने व्यवस्था गरिएको जानकारी दिए ।

मालिकामा शिव बैकुण्ठ चतुर्दर्शीका अवसरमा गुल्मी तथा बाग्लुङ्ग र अर्घाखाँची समेत गरि झण्डै १० हजार जना दर्शनार्थीहरुले मालिका मन्दिरको दर्शन गरेको मन्दिर समितिले जनाएको छ । तस्बिर–कौरव खत्री



प्रतिक्रिया दिनुहोस्