Logo

गोरखाली गायक सुजन भन्तनाको स्वरमा ‘बिर्सी जाउ नभन..’ बजारमा



काठमाडौं, १९ कार्तिक । संगीत सरोबर डट कम–राजु बोहरा–काठमाडौँ । स्थाई घर गोर्खा जिल्ला अर्साङ गा।बि।स वडा नम्बर ४ मा जन्मिएर नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा क्रियासिल सुजन भन्तनाको सुमधुर आवाजले सजिएको  ‘बिर्सी जाउ नभन है सानु’ बोलको लोक दोहोरी गीतलाई गोर्खा चौतारी म्युजिक प्रालिले भर्खरै बजारमा सार्बजनिक गरेको छ ।

उनले यस अगी, तिमी मेरो जीवन साथि बने, फेरि आयो दसै र तिहार, जाड खाने पोइ, तड्पी तड्पी मर्छु,चाडै फर्की आउ जस्ता कर्णप्रिय लोक दोहोरी गीतहरु बजारमा ल्याइसकेका छन् ।

‘बिर्सी जाउ नभन है सानु ’ यस गीतमा सुजनलाई गायिका मुना थापाले साथ दिएकी छिन् भने यस गीतलाई लय ओम छिनाल र शब्द सिर्जना उनै गायक सुजन भन्तनाले गरेका छन् ।

यस गीतका लय सिर्जना गर्नुहुने सर्जक ओम छिनाल हाल मलेसियामा रहेका छन् । उनको पनि नेपाल स्थाई घर गोर्खा हो तर उनि बिगत केहि वर्षा यता मलेसियामा बस्दै आएका छन् ।

कुनै नेपाली रहरले दोश्रो मुलुक पुगेको हुँदैन , बाध्यता र परिस्थितिले उस्लाई आफ्नो जन्मभुमि बिबस बनाउँछ , तर दोश्रो मुलुकमा पुगेर पनि नेपाली कला संस्कृति र मौलिक परम्परालाई भुल्न नसकेर ओम ले समय अनुकुल मिलाएर मलेसिया बाटै क्रमस विभिन्न गीत संगीत उत्पादन गर्दै आएका छन् ।

उनि द्वारा सिर्जना भएको भुल भयो सानु, मनासलु हिमाल, कहाँ छौ कहाँ मेरी माया, माहुरी घुम्यो फुलको रसैमा, मायामा कानुन, तिम्रो मुख हेर्न पाए हुन्थ्यो, नरोई नरोई बसे, पिरतीको बाटो , माया गर्न सिकाउँदा लगाएतका करिब ४० भन्दा बढी गीतहरुले अत्याधिक चर्चा पाइसकेका छन् ।

ओम छिनालको लय र सुजन भन्तनाको शब्द सिर्जनामा दानु सुनाम र सुजन भन्तनाको संयुक प्रस्तुति ” बिर्सी जाउ नभन है सानु ” बोलको लोक दोहोरी गीतको म्युजिक भिडियो पनि निर्माण भैसकेको छ ।

भिडियोलाई निर्देशन कुमार के।सीले गरेका हुन् भने छायांकन अजय रेग्मी र सम्पादन अनुप सिवाकोटीले गरेका छन् । यस गीतको म्युजिक भिडियोमा सुनिल लामिछाने , दानु सुनाम र सुनिताको उत्कृष्ट अभिनय रहेको छ । यस पछिपनि गायक भन्तनाले नयाँ गीत बजारमा पठाउँने बताएका छन् ।



प्रतिक्रिया दिनुहोस्