Logo

शिक्षा ऐन २०२८ को नवौं संशोधन खारेज नगरिए कडा आन्दोलनमा उत्रिने चेतावनी



काठमाडौैं, १९ कार्तिक । केन्द्रिय क्याम्पस किर्तिपुर शिक्षा संकायका विद्यार्थीहरुले शिक्षा ऐन २०२८ को नवौँ संशोधन तत्काल खारेज नगरिए कडा आन्दोलमा उत्रिने चेतावनि दिएका छन् ।

शिक्षाविद प्रा.डा. विद्यानाथ कोइरालाको प्रमुख आथित्यमा केन्द्रिय क्याम्पस किर्तिपुरमा अन्तक्रिया कार्यक्रम सम्पन्न गर्दै यस्तो चेतावनि दिएका हुन ।

रिपोर्टर्सनेपालसँगको कुराकानिमा संघर्ष समितिका सह–संयोजक दिग्गज धौरालीले भने,‘उप–प्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठ र सरकारले गत असोज ३ गते गल्ति गर्नु भएको छ, तत्काल यसको खारेजीको लागि हामीहरुले माग गरेका छौँ, तथापि खारेज नगरिए जुनसुकै आन्दोलनको सामना गर्न तयार छौँ।’

अन्तरक्रिया काय्र्रक्रममा विभिन्न राजनीतिक दलका नेता कार्यकर्ता र विभिन्न विद्यार्थीहरु संगठनले नवौं संशोधन खारेजीको लागि साथ दिने बताएका छन् ।

तत्काल नवौं संशोधन खारेजीको लागि पुष्कर शर्माको संयोजकत्वमा संघर्ष समिति गठन गरिएको समितिका सह–संयोजक धौरालीले जानकारी दिए ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot