Logo

दृष्टिविहीनले जब मनकामना दर्शन गरे



दर्जन दृष्टिविहीन प्रसिद्ध मनकामना मन्दिर प्रांगण पुग्दा खुसीले गद्गद् भए । उनीहरूले दर्शन मात्रै गरेनन्, केबलकार चढेर आनन्द पनि लिए ।  केबलकार चढेर सेतो छडीको सहायतामा मनकामना मन्दिर दर्शन गर्न पाएपछि उनीहरूले जीवनमा सबैभन्दा धेरै खुसी पाएको अनुभव गरे । उनीहरू नाचगानमा समेत रमाए ।
मनकामना दर्शन गराउन लैजाने टोली संयोजक प्रेमसुन्दरी श्रेष्ठ उनीहरूकी अगुवा थिइन् । टोलीमा १९ देखि ४० वर्षसम्मका १२ दृष्टिविहीन र दुई जना शारीरिक अपांगता, भएका थिए । देवीको दर्शनपछि उनीहरूले खाना पकाएर खाए ।
‘मनकामना जाने कति दृष्टिविहीनको त भाकल नै रहेको पायौं,’ श्रेष्ठले भनिन्, ‘धेरै अघिदेखि मनकामना मन्दिर जाने भाकल पूरा भएकोमा उनीहरू निकै खुसी छन् ।’


धूप बनाउन आवश्यक काँचो धागो डल्लो बनाउने रोजगार दिएकी समाजसेवी श्रेष्ठसहितको टोली ठिमीदेखि नै ‘रिजर्भ’ बस चढेर मनकामना दर्शन गर्न पुगेका हुन् ।
उनीहरू सानोठिमी क्याम्पसमा ब्रेल लिपीबाट विभिन्न विषय अध्ययन गरी मध्यपुर ठिमीको द्विगुटोलमा श्रेष्ठकै कारखानामा कार्यरत छन् । उनीहरू मध्यपुर ठिमीकै वहाखाबजार र सानोठिमीलगायतका क्षेत्रमा बस्दै आएका छन् ।
‘मासिक तलबबाट सय रुपैयाँ कटाउने सर्तमा उनीहरूबाट केबलकार र बस भाडा गरी जनही ८ सय २० रुपैयाँ छुट्याएकी थिए“,’ श्रेष्ठ भन्छिन्, ‘अरू खर्चका साथै खानपिन व्यवस्था हामीले आफैंले ग¥यौंं ।’ धूप बनाउने बत्तीका लागि आवश्यक काँचो धागो डल्लो पारेर उनीहरू दैनिक २ सय ५० रुपैया“ आम्दानी गरिरहेका छन् । शनिबारको दिन बढी भीड हुने केबलकारमा अपांगता भएका व्यक्तिलाई लाममा नराख्ने व्यवस्था मनकामना दर्शन प्रालिले गरेको छ । उनीहरूलाई टिकटमा समेत ५० प्रतिशत छुट दिइएको थियो ।



प्रतिक्रिया दिनुहोस्