Logo

अपराध लुकाउन नाम र धर्म परिवर्तन



काठमाडौं २२ कार्तिक ।
व्यक्ति हत्याको १० बर्ष पूरानो घटनामा संग्लन भएको सूचनाका आधारमा काठमाडौं प्रहरी परिसरले असोज ३० मा गोर्कणेश्वरबाट एकजनालाई पक्राउ गर्‍यो । बौद्ध क्षेत्रमा गार्मेन्टमा काम गर्ने भनिएका बाहिद खानले पक्राउपछि आफू उक्त व्यक्ति नभई बिजयकुमार श्रीवास्तव भएको नागरिकता पेश गरे ।

उनले आफू मुस्लिम नभई हिन्दु भएको र विनाकारण पक्राउ गरिएको दलिल पनि पेश गरे । हुन पनि उनी मुस्लिमको हुलियामा थिएनन् र हिन्दु केटीसँग नै घरजम गरेका थिए । पक्राउ परेका व्यक्तिको तर्क सुनेपछि प्रहरी छक्क पर्‍यो र अनुसन्धानलाई नयाँ ढंगले अगाडि बढायो । पुरक अनुसन्धानले जे जस्ता तथ्य बाहिर ल्यायो त्यसले प्रहरीलाई त अचम्म तुल्यायो नै, अपराध कर्म लुकाउन केसम्म गरिन्छ भन्ने तथ्य पनि बाहिर ल्यायो ।

बाराको कचर्अवा घर भई अनामनगर डेरा गरी बस्ने बलराम पटुवाको २०६४ असार २० मा गोली हानी हत्या भयो । नक्कली भारतीय नोटको कारोबारमा संग्लन पटुवाको हत्या नक्कली भारुको कारोबारी समूहबाटै भएको प्रहरी अनुसन्धानले निष्कर्ष निकाल्यो । त्यही अनुसन्धानका आधारमा प्रहरीले सर्लाही सितौतिया घर भएका थापाजी भन्ने लाल मोहम्मद र पर्साको वीरगञ्ज १३ घर भएका पप्पु गुप्ता पक्राउ गर्‍यो । उनीहरु अदालतबाट दोषी ठहर भई जेल चलान भए । घटनाको चार बर्षपछि २०६८ मा उक्त घटनाका दोषी अन्य तीनजना पनि पक्राउ परे ।

बारा प्रस्टोका घर भएका मुन्ना खान, सद्रुल अन्सारी र अल्ताफ हुसेनको नामले चिनिने ईन्ताफ हुसेन अन्सारी पनि पक्राउ परी जेल चलान भए । प्रहरीका अनुसार मृतक पटुवासहितको यो समूहले पाकिस्तान र बंगलादेशबाट नक्कली भारतीय रुपैयाँ ल्याई नेपाल र भारतीय बजारमा पठाउथे । प्रहरीले नक्कली नोट कारोबारीको यो समूहमा बोस भनिने भाईसाब नामका पाकिस्तानी नागरिक पनि संग्लन भएको निष्कर्ष निकालेको थियो । नक्कली नोट कारोवारीको सुचना चुहाएको भन्दै यो समूहले पटुवाको हत्या गरेको थियो ।

उक्त घटनामा पक्राउ परी सजाय भुक्तान गरेर छुटेका एकले गत महिना मात्रै प्रहरी परिसरलाई एउटा गोप्य सुचना दिएका थिए । सुचना थियो, ‘पटुवा हत्याको घटनाका योजनाकारमध्ये एक बाहिद खान पनि थिए ।’ त्यसो त प्रहरीले दस बर्ष अघि नै उक्त घटनामा वाहिद खान संग्लन भएको तर उनको तीन पुस्ते विवरण नखुलेको जनाएको थियो । मोहम्मदले दिएको सुचनाका आधारमा प्रहरीले खानलाई पक्राउ गऱ्यो । खान पक्राउ पछि अनुसन्धानले नयाँ मोड लियो ।
कान्तिपुरबाट



प्रतिक्रिया दिनुहोस्