Logo

विपक्षीले टुरिष्ट उम्मेदवारको ट्याग लगाएपछि आरजुले ३ करोडमा घर किन्दै



काठमाडौं २३ कार्तिक ।
वाम गठबन्धनले ‘टुरिष्ट’ उम्मेदवारको आरोप लगाएपछि कैलाली क्षेत्र नम्बर ५ मा कांग्रेसबाट प्रतिनिधि सभा उम्मेदवार कांग्रेस नेतृ डा.आरजु राणा देउवाले धनगढीमा घर किन्ने तयारी गरेकी छन् ।

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी राणाले धनगढी–४, उत्तरबेहडीमा करिब ३ कठ्ठा ३ धुर जग्गामा बनेको सुविधा सम्पन्न दुई तले घर किन्न लागेकी हुन् । कांग्रेस धनगढीका नगर सभापति समेत रहेका धनगढी नगरपालिकाका प्रमुख नृपबहादुर वडले घर किन्नका लागि राणाले बयान दिएकाले बुधबारदेखि घरमा बस्न थालिसकेको बताए ।

राणाले शारदा हमालको नाममा रहेको उक्त घरको मूल्य ३ करोड रुपैयाँ रहेको स्रोतले बतायो । संविधान सभाको दोस्रो निर्वाचनमा गृहजिल्ला डडेल्धुरासहित कैलाली क्षेत्र नम्बर ६ (हालको क्षेत्र नम्बर ५) बाट चुनाव जितेका प्रधानमन्त्री देउवालेपछि यो क्षेत्र छाडेका थिए ।

कांग्रेसले अहिले प्रतिनिधि सभाका लागि यो क्षेत्रबाट प्रधानमन्त्री पत्नी राणालाई अघि सारेपछि उनलाई ‘टुरिष्ट’ उम्मेदवारको आरोप लागेको हो । विपक्षीले टुरिष्ट उम्मेदवारको नारा लगाएपछि उनी घर किन्ने निर्णयमा पुगेकी हुन् ।
नयाँपत्रिकाबाट



प्रतिक्रिया दिनुहोस्