Logo

बद्री पंगेनीले गाए ‘अघि बढ प्रचण्ड जनता साथमा छ, हाम्रो देशको भविष्य तिम्रै हातमा छ’



काठमाडौं, २३ काठमाडौं । चर्चित गायक बद्री पंगेनीको लय शब्दमा ‘अघि बढ प्रचण्ड जनता साथमा छ, हाम्रो देशको भविष्य तिम्रै हातमा छ’ बोलको गीत बजारमा आएको छ ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष समेत रहेरका गायक पंगेनीले स्थानिय तहको निर्वाचनमा ‘सै पनि एमाले मै पनि एमाले’ बोलको गीत गायर  प्रसँशा र केही आलोचना खेपेका थिए ।

प्रचण्ड प्रधानमन्त्री भएको बेलामा मुलुकले हासिल गरेका प्रगतीलाई ‘अघि बढ प्रचण्ड जनता साथमा छ, हाम्रो देशको भविष्य तिम्रै हातमा छ’ बोलको गीतमा समावेश गरिएको छ।

लोडसेडिङ्गको अन्तय, आर्थिक बुद्धिदर, संविधानको कार्यन्वय, छिमिकी राष्ट्रसँगको समान सम्बन्ध, राष्ट्रिय गौरवका योजनामा भूमिका खेलेको र आगामी देशको नेतृत्व प्रचण्डको हातमा रहेको निष्कर्शमा आधारित सन्देश समेटेर पंगेनीले तयार पारेको गीतले एमालेको मात्रै गायक भनेर आलोचना गर्नेहरुको लागि ठुलो झट्का लाग्ने निश्चित छ ।

कलाकारको हैसियतमा मुलुकको पक्षमा रहेर जुनसुकै पार्टीको गीत गाउँन सक्छन भन्ने प्रमाणका रुपमा यो गीतलाई लिन सकिन्छ । तर यो गीतमा बाम एकताको गृहकार्यको रंग मिसिएको भने नर्कान मिल्दैन । यसले गायक पंगेनीलाई आलोचना गर्नेहरुले हल्का रुपमा लिन सक्छन् ।पंगेनी उसो त साना तिना कुरामा अल्झिने मानिस होईनन ।

समाज परिवर्तन, लोकतन्त्र र गणतन्त्र ल्याउनमा अहम भूमिका खेलेका गायक पंगेनी सधै परिर्वतनको पक्षमा उभिने र राष्ट्रियताको सवालमा कसैसँग पनि झुक्नु हुँदैन भन्ने मान्यता राख्छन् ।

https://www.youtube.com/watch?v=lIx9iOuzye0

 



प्रतिक्रिया दिनुहोस्