Logo

रामपुरमा राहदानी वितरण प्रक्रिया शुरु



रामपुर, पाल्पा, २४ कार्तिक । इलाका प्रशासन कार्यालय रामपुर पाल्पाले राहदानी वितरण प्रक्रिया शुरु गरेको छ । प्रशासनले रामपुरबाटै दु्रत राहदानी सेवा शुरु गरेपछि राहदानीकै लागि जिल्ला सदरमुकाम तानसेन जानुपर्ने बाध्यता हटेको छ ।

रामपुर नगरपालिकासँगै पूर्वी पाल्पाका नागरिकलाई रामपुरबाट सेवा शुरु गरेपछि प्रत्यक्ष लाभान्वित हुने इलाका प्रशासन कार्यालयका प्रमुख विष्णुप्रसाद पोखरेलले जानकारी दिनुभयो । रामपुर नगरपालिका–१ का भलाविक्रम सिंहले पहिलो पटक रामपुरबाटै राहदानी सेवा लिनुभएको छ ।

दु्रत राहदानी सेवा इलाका प्रशासन कार्यालय रामपुरबाट पाएपछि फारम भरेर तत्कालै काठमाडौँ वैदेशिक रोजगारीका लागि प्रक्रियामा लाग्न सकिने भएपछि यस क्षेत्रका सेवाग्राही उत्साहित भएका छन् ।

रामपुर अस्पतालमा प्रहरीद्वारा सुरक्षा सेवा

रामपुर अस्पतालको सेवालाई प्रभावकारी बनाउन इलाका प्रहरी कार्यालय रामपुर पाल्पाले सुरक्षा सेवा प्रदान गर्ने भएको छ । निर्माणाधीन रामपुर अस्पतालको सुरक्षा सेवालाई मध्यनजर गर्दै इलाका प्रहरी कार्यालय रामपुरले दुईजना प्रहरी सुरक्षाका लागि खटाउने भएको जनाएको हो ।

पचास श्ययाको भवनमा अत्याधुनिक सेवासुविधासहित निर्माणाधिन अस्पतालको सुरक्षा व्यवस्थालाई मध्यनजर गर्दै अस्पतालसम्मका सुचनालाई प्रहरीसँग जोडेर सहज सेवा प्रदान गर्नका लागि सुरक्षा प्रबन्ध मिलाइएको प्रहरी निरीक्षक राजुप्रसाद शर्माले बताउनुभयो । रासस



प्रतिक्रिया दिनुहोस्