Logo

पूर्णिमा लामाको सुमधुर स्वरमा ‘भाग्यले छल्छ भन्थे…’



काठमाडौं, २४ कार्तिक । नेपाली सांगीकित यात्रामा नेपाली मौलिखता र जीवन पद्धतिलाई अरु विधा भन्दा धेरै सुन्न पाईन्छ । नेपाली गीत संगीतको क्षेत्रमा पेसागत रुपमा लागेका सर्जक श्रष्ट्राहरुका रचनाले मुलुक परिवर्तनमा ठुलो योगदान दिएका छन् ।

कसैका रचनाले जीवन जिउँने आधार निमार्ण गरि दिएका छन् । कसैको सिर्जनाले मानिसलाई अत्याधिक आनन्द प्रदान गरेका छन् । कुनै रचनाले मानिसलाई दुखमा रुन बाध्य बनाएका पनि छन् ।

मानिसले परोक्षमा ईश्वरलाई अदृश्य शक्तिको रुपमा स्विकार गर्दै आएको छ । मानिस भाग्यका कुराहरु लिएर, निधारका कुरालाई लिएर घोत्लि रहेको हुन्छ ।

माथि उल्लेख गरिएका गन्थनमा मेल खाने गीत बजारमा छ । ‘भाग्यले छल्छ भन्थे चल्दो रहिछ थाह पाए , आगो बिना जल्छ भन्थे जल्दो रहिछ थाह पाए’ यि शब्द हुन लोक तथा दोहोरी गायिका मिना लामाका । गोविन्द मुधुर आचार्यको संगीतमा तयार पारिएको उक्ता गितमा पूर्णिमा लामा सुमधुर आवाज रहेको छ ।



प्रतिक्रिया दिनुहोस्