Logo

नागरिकता सम्बन्धि वृहत राष्ट्रिय सम्मेलन हुने



काठमाडौ, कात्तिक २४ गतें । आगामी मङ्सिर पाँच गते राजधानीमा नागरिकतासम्वन्धी वृहत राष्ट्रिय सम्मेलनको आयोजना गरिने भएको छ ।

नेपाली नागरिकता सम्वन्धी देखिएका विविध समस्याको बारेमा जानकारी गराउने र वृहत छलफल गरेर समाधानको बाटो पहिल्याउने उद्देश्यले राष्ट्रिय सम्मेलनको आयोजना हुने भएको हो ।

सिभिल सोसाइटी नेटवर्क, महिला कानुन विकास मञ्चलगायतको सहकार्यमा आयोजित नागरिकता सम्वन्धी छलफल कार्यक्रममा उक्त कुराको जानकारी दिइएको हो ।

कार्यक्रममा अधिकारकर्मी तुलसालता अमात्यले नागरिकता सम्वन्धी बढ्दै गएको समस्याप्रति गम्भिर हुनुपर्ने विचार व्यक्त गर्दै त्यस सम्वन्धमा अहिले नवचिर्वाचित स्थानिय तहका पदाधिकारीहरूलाई यस सम्वन्धी काम गर्दै आएका सङ्घ संस्थाले स्पष्ट रूपमा बुझाउनु सक्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

छलफल कार्यक्रममा माईती नेपालबाट प्रतिनिध्रित्व गर्दै उमा तामाङले अनाथ, असाय बालबालिका ठुलो भएपछि संस्थाको पहलमा प्राप्त गरेको नेपाली नागरिकतालाई बैंकलगायत सरकारी अन्य कार्यालयमा भर्नुपर्ने तीनपुस्ते विवरणमा निकै अप्ठ्यारो पर्ने नयाँ समस्या थपिएको बताउनुभयो ।

उहाँले सरकारी कार्यालयको विवरणमा तीनपुस्ते विवरण भर्दा संस्थाको पहलमा प्राप्त नागरिकतामा बाबु, बाजे,को नामथर हु्न्न र कतिपय असाय व्यक्तिको पनि थर नै लेखिन्न । यस अवस्थामा त्यस्तो नागरिकता देख्दा बैंकका कर्मचारी र पुलिस प्रशासनकै

मानिसहरूले खिल्ली उडाएका थुप्रै घटनाले त्यस नागरिकता बाहकलाई नेपाली नागरिकता पाउँदा पनि ज्यादै पीडा झेल्नु्परेको नयाँ समस्या पनि निस्किएको छ भन्नुभयो । 

कार्यक्रममा अहिले निर्वाचनको माहोल चलिरहेको अवस्थामा विभिन्न राजनीतिक दलको कार्यालयमा नागरिकता सम्वन्धी काम गरिरहेका सङ्घ संस्थाले नागरिकताको समस्या सम्वन्धी ज्ञापनपत्र बुझाउने निर्णय गरेको छ साथै मुलुककै विविध पक्षमा असर पु¥याउने यस समस्यालाई गम्भिरताका साथ लिन जनचेतना फैलाउने उद्देश्यले पर्चा बाँड्ने निर्णय पनि गरेको छ ।

ज्ञापनपत्रमा नयाँ संविधान जारी भएपनि कतिपय कानुन बन्नै बाँकी रहेकोले कानुन बनाउन विभिन्न दलबाट निर्वाचित जनप्रतिनिधी पुग्ने भएकोले नागरिकता सम्वन्धी कानुन बनाउनुपर्छ भनेर झकझकाउने बुँदाहरू समावेश गरिने मञ्चका अध्यक्ष अधिवक्ता मिरा ढुङ्गानाले बताउनुभयो । 

सो अवसरमा अधिवक्ताहरू सुष्मा गौतम,पुण्यशिला दवाडी,देक्षेन लामा, सुजना महर्जनलगायतले नागरिकता प्राप्त गर्न र प्राप्त भएपछि पनि नागरिकतामा उल्लेख विवरणका कारण झेल्नुपरेको समस्याबारे बोल्नुभएको थियो । 

 

 



प्रतिक्रिया दिनुहोस्