Logo

‘पानी बोक्दा बोक्दै बित्यो जीवन’



काठमाडौं २५ कार्तिक ।
लेकम गाउँपालिका ३ चन्दनपुर चौपाताका १८ वर्षीय पुस्कर पन्तले १३ बर्ष देखि स्कुल पढ्न छाडे। घरमा दैनिक पानीको समस्या भएका कारण स्कुल जान समय नभएकाले कक्षा ५ देखिनै स्कुल जान छाडेका हुन्।
नजिकैको गाउँको स्कुलमा घन्टी बज्दै गर्दा उनी भने गाग्रीमा पानी बोकेर ल्याउने गर्छन्। उनलाई स्कुल जाने इच्छा नभएको भने होइन। तर घरको आर्थिक समस्याले गर्दा स्कुल छाडेर भए पनि घरमा गाईवस्तु लागि पानी ओसार्नमै बेतित हुन्छ।अब भाई पनि स्कुलको झोला बोक्ने सम्भावना निक्‍कै कम रहेको उनी बताउँछन्।

यस्तै समसस्या झेल्दै आउका छन् उनीसँगै रहेर पानी बोक्ने १३ वर्षिय नरेश जोशी। उनी पनि पानी बोक्‍नु पर्ने बाध्यताले साक्षर बनेपछि स्कुल जान छाडि दिए। उनी लेकम गाउँपालिकाको श्री लटीनाथ चन्दनपुर चौपातामा कक्षा ४ सम्म स्क‍ूल गएको तर पढ्दा अंग्रेजी अक्षर चिने पनि अहिले सबै बिर्सिसकेको बताउँछन्।
उनी भन्छन्, ‘हाम्रो जीवन दिन भरी पानी भर्नमै बित्छ। स्कुल जानुभन्दा पनि पहिलो आवश्‍यकता घरमा पानीको हुन्छ। त्‍यसकारण हामी पढाइ भन्दा पानी भर्नमा बढी सहभागी हुन्छौ।’ आफू जन्‍मेको १८ बर्ष भइसक्दा पनि कुनै निकायले पनि लेकम गाउँपालिकालाई पानीको आपूर्ति गर्नमा सहयोग नगरेको उनले दाबी गरे। उनले स्थानीय तहको निर्वाचनका बेला पनि नेताहरुले भोट माग्दा धेरै कुरा तर काम कम गरेको बताए। उनले भने, ‘हामीलाई अहिले नेताहरुले घरघरमा पानी पुर्‍याउने प्रतिवद्धतासहित भोट मागिरहेका छन्। तर विकासको कुनै लक्षण देखाएका छैनन्।’
प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनका लागि अहिले पनि नेताहरु भोट माग्ने दाउले यो ठाउँको समस्यालाई सामाधान गर्ने हामी नै भनिरहेका छन्। तर हामीलाई कसैको पनि बिस्वास लाग्दैन्। जस्तो सुकै सरकार आए पनि हाम्रो टाउकाको गाग्री कहिलै छुटदैन् सो गाउँका स्थानिय नरेश जोशीले बताए।
बिहान ५ बजे उठेदेखि १० बजेसम्म त चिया नपिइ पानी बोक्ने गरिन्छ। त्यस पछि घर खर्च चलाउन अन्य काम पनि गर्नु पर्छ स्थानिय पुस्कर पन्तले भने। हामीले आफ्नो जीवन बर्बाद गरे तर हामी भन्दा पछाडीको पिडीलाई यस्तो समस्या नहोस भनेर स्थानिय निकायसँग पनि अनुरोध गरेका छौँ’, उनले भने।

लटीनाथ चन्दनपुर चौपाताका शिक्षक मोहन देव विष्टका अनुसार दार्चुला जिल्लाको यो बिकट तथा दुर्गम ठाउँका लागी जनप्रतिनिधिहरु सित पटक पटक गुहार गर्दा पनि केहि सुनाई नभएको जानकारी दिए।पानीको समस्या भएर अहिले स्कुलका शौचालय समेत प्रयोगविहीन अवस्थामा रहेको बिष्टले बताए।
दार्चुला जिल्लाको एक सर्वेक्षण टोलीले महाकाली नगरपालीका वार्ड न ६ निशिल खोला बाट पानी ल्याउने समझौता गरे पनि उक्त समझौता कागजमै सिमित भएको गुनासो व्‍यक्त गरे।दार्चुलाको निशिल खोलाबाट कम्तीमा ५ सय किलो मिटरको दुरीमा पानी तान्न निकै समस्या भएको र निशिलका स्थानिय उपभोक्ताहरुले पनि बिरोध गरकाले पानी तान्ने काममा समस्या आएको बिष्टले बताए। अन्नपूर्णपोष्टबाट



प्रतिक्रिया दिनुहोस्