Logo

कर्णाली गुञ्जनको तेस्रो श्रृङ्खला राजधानीमा सम्पन्न



काठमाडौं, २५ कार्तिक । कर्णाली गुञ्जनको तेस्रो श्रृङ्खला सम्पन्न भएको छ । कर्णाली विज्ञ तथा ईतिहासविद् प्रेम कैदीको प्रमुख आथित्यमा सम्पन्न भएको कार्यक्रममा सय जाना बढिको उपस्थिति थियो ।

कर्णाली कला संस्कृति प्रतिष्ठानले राजधानीको अनामनगर स्थित सम्वाद डवलीमा सम्पन्न भएको कार्यक्रममा गणित कवि सवराज बम, गजलकार सुमन स्मारिका, कमल क्षेत्री कोपिला, फगत नविन, कुन्साङ कुन्साङ, पेस्कल रावत, नरहरिनाथ स्मृति कला साहित्य प्रष्ठिानका उपाध्यक्ष मंगल बिष्ट ‘मनसुन’ त्यस्तै प्रतिष्ठानका सचिव परेक बटालाले आफ्का रचना वाचन गरेका थिए ।

भाषा साहित्य र संस्कृतिको उत्थान, स्रष्टाको पहिचान र स्रष्टाकै सम्मान भन्ने मुल नाराका साथ आफ्ना श्रृङ्खलाहरु अघि बढाई रहेको संस्था कर्णाली कला संस्कृति प्रतिष्ठानकी उपाध्यक्ष देवकी तिमिल्सिनाको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रतिष्ठानका, कोषाध्यक्ष दीपक अभिलाषि, गायिका ईरानी सुन्दरी भाम, विद्या बुढा प्रिया, सुसिला धिताल लगायतका सर्जकले आफ्ना रचाना वाचन गरेका थिए ।
कार्यक्रम प्रतिष्ठानका महासचिव प्रकाश बम परिश्रमीले सञ्चालन गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्