Logo

वर्ल्ड कभर मिडियाको प्रस्तुतिमा झ्याउँरे गीत बजारमा



काठमाडौं, २७ कार्तिक । वर्ल्ड कभर मिडियाको प्रस्तुति रहेका भेट भेट मलाई केही गरी बोलको झ्याउरे गीत बजारमा आएको छ ।
विष्णु नेपाली र रामजी दैलेखीको लय शब्दमा तयार पारिएको गीतमा विष्णु नेपाली र कामना वलीको स्वर रहेको छ ।

सञ्चिता पौडेलको निर्देशन, वीरेन्द्र भाट ‘विपिन’को टायाँकन तथा दिलिप योन्जन र विपिनको सम्पादन रहेको छ । त्यस्तै गीतमा विष्णु, बिमला, अस्मिता र प्रशान्तको अभिनय रहेको छ ।



प्रतिक्रिया दिनुहोस्