Logo

राजिवको अर्को महान कामः हेलिकप्टर चार्टर गरी सुत्केरीको ज्यान जोगाए



जाजरकोट २६, कार्तिक । जाजरकोटका प्रतिनिधी सभा सदस्य उम्मेद्वार राजिव विक्रम शाहले हेलिकप्टरबाट उद्धार गरी एक सुत्केरी महिलाको ज्यान बचाएका छन् ।

शाहले उच्च रक्तश्रावबाट पिडित कुशेगाउपालिका ८, रिजापहाडाकी ३० बर्षीय चन्द्रादेवी रोका मगरलाई हेलिकप्टर चाटर गरिनेपालगंज पठाएर ज्यान जोगाएका हुन् ।

१८ घण्टा सम्मको लगातार रक्तश्राव नरोकिएपछि मगरलाई शाहको पहलमा थप उपचारका लागि हेलिकप्टरद्वारा नेपालगंज पुरयाइएको हो । मगर ९ दिन अघि दुर्गम गाउ रिजापहाडा स्थित घरमै असुरक्षित सुत्केरी भएकी थिईन् ।

प्रतिनिधी सभाका उम्मेदवार शाहले ५ लाख निजी खर्चमा सुत्केरीको उद्धार गर्न हेलिकप्टर उपलब्ध गरेको कुशे गाउपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले बताए ।

चुनावी अभियानको क्रममा रिजापहाडा देखि २५ कोस टाढाको जुनीचा“दे गाउपालिकामा रहेका शाहलाई फोन मार्फत सुत्केरीको उच्च रक्त श्रावबाट ज्यान जान लागेको भन्ने खबर गरेपछि शाहले हेलिकप्टरको ब्यबस्था गरेको अध्यक्ष बस्नेतले बताए ।

समाजसेवी शाहले तत्काल हेलिकप्टरको ब्यबस्था नगरेको भए सुत्केरीको ज्यान जाने खतरा रहेको बताए । उनले भने,‘उच्च रक्तश्रावका कारण उनको शरीरमा रगत अभाव भएको र ३-४ घण्टा भित्र थप रगत उपलब्ध नभए ज्यान जाने खतरा भएको भन्ने स्थानीय स्वास्थ्यकर्मीले बताएपछि महङ्गो खर्च ब्यहोरेर हेलिकप्टरको प्रयोग गर्न वाध्य भयौ ।’

कुशे गाउपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले भने,‘सुत्केरीलाई डोकोमा बोकाएर सडक पहुचसम्म पुरयाउनै १० घण्टा लाग्थ्यो । त्यसपछि गाडीद्वारा नेपालगंज पुरयाउन थप ७ -८ घण्टा लाग्ने र सुत्केरीको बाटोमै ज्यान जाने देखेपछि शाहलाई तत्काल हेलीकप्टरको ब्यबस्था गर्न आग्रह गरीएको थियो ।’

शाहले पोखराबाट ३ घण्टा भित्र हेलिकप्टर बोलाउदा अचेत अवस्थामा रहेकी सुत्केरीको उद्धार भएको थियो । ४ सन्तानकी मगरले पाचौं सन्तानको असुरक्षित जन्म दिंदा उच्च रक्तश्रँव भएको हो ।

सुत्केरी पछि उच्च रक्तश्राव हुन्छ भन्ने नै थाह नभएको पति अमरले बताए । सुत्केरीको सामान्य रक्तश्राव होला भनेर ९ दिनसम्म हेलचक्राई गर्दा अप्ठेरोमा परेको उनले बताए ।

अमरले भने,‘शाहले आफ्ने खर्चमा हेलिकप्टरको ब्यबस्था नगरेको भए म गरीवले महङ्गो खर्च ब्यहोरेर पत्निलाई बचाउन सक्ने संभावना नै थिएन,’ मेरो श्रीमतीका लागि शाह भगवान नै भए, शाहको यो गुण कसरी तिर्ने रु’

काँग्रेस नेता शाह जाजरकोटी जनताको मात्रै नभएर मुलुककै उदाहरणीय नेताको रुपमा चिरपरिचत छन। जाजरकोटमा भैपरि आउँने कुनैपनि समस्यालाई आफ्नै दुख सम्झिने गरेका शाह आगामी मंसिर १० गते हुन गैरहेको प्रतिनिधि सभा सदस्यको लागि मैदान मै छन् ।

https://www.youtube.com/watch?v=kA359L1OO7s&feature=youtu.be

 



प्रतिक्रिया दिनुहोस्