Logo

प्रदेश १ : वामपन्थी गढमा सीताको ‘अग्निपरीक्षा’



काठमाडौं ३० कार्तिक । कांग्रेस केन्द्रीय सदस्य सीता गुरुङ समानुपातिक उम्मेदवारी छाडेर प्रतिनिधिसभाको प्रतिस्पर्धामा होमिएकी छन् । सहजै हुने समानुपातिक सांसद हुन छाडी प्रत्यक्ष चुनावी मैदानमा होमिनुको कारणबारे उनले भनिन्, ‘म यो जिल्लालाई अगाडि बढाउन सक्छु भन्ने हिम्मतका साथ सहजै पाउन सकिने समानुपातिक सांसद पद त्यागेको हुँ ।’

उनलाई कांग्रेसले जनजाति महिलाका तर्फबाट समानुपातिक सूचीमा एक नम्बरमा राखेको थियो । यहाँ आगामी मंसिर २१ मा दोस्रो चरणमा चुनाव हुँदै छ ।

दुईपटक समानुपातिक सभासद भइसकेकी गुरुङका अघि वामपन्थी गठबन्धनको सामना गर्नुपर्ने चुनौती छ । स्थानीय तह निर्वाचनमा एक नगरपालिकाबाहेक अन्य पाँच गाउँपालिकामा एमाले विजयी भएको छ ।

यो खबर आजको कान्तिपुरमा छ,स्थानीय तह निर्वाचनमा करिब १० हजार मतले कांग्रेसभन्दा अघि भएको वामपन्थी गठबन्धनको दाबी छ । कांग्रेसले भने करिब ३० प्रतिशत मतदाताले व्यक्तिगत रूपमा मतदान गर्ने दाबी गरेको छ ।



प्रतिक्रिया दिनुहोस्