Logo

कालिकोटमा भुपेन्द्र र महेन्द्रको चुनावि चर्चा



धनराज वास्तविक : कालिकोट, १ मंसिर । प्रदेश सभा र केन्द्र सभाको निर्वाचनको मिति नजिकिदै गर्दा राजनीतिक सरगर्मी झन बढ्दै गईरहेको छ ।

पहिलो चरण अन्तरगत आगामी मंसिर १० गते हुने केन्द्र र प्रतिनिधि सभाको निर्वाचनमा प्रमुख राजनीतिक दलका चर्चित अनुहारहरु चुनावी मैदानमा छन् ।

कालिकोट जिल्लामा रहेको एक मात्रै प्रतिनिधि सभा सदस्यका लागि वाम गठबन्धनबाट दुर्ग बहादुर रावत र लोकतान्त्रिक गठबन्धनका तर्फबाट नेपाल तरुण दलका महासचिव भुपेन्द्रजंग शाही मैदानमा छन् ।

स्थानिय तहको निर्वाचनमा जिल्लाका ९ वटा स्थानिय तह मध्य ८ वटा तह जित निकालेको वाम गठबन्धन र एक मात्रै स्थानिय निकायमा कठिन जित निकालेको नेपाली काँग्रेसको आगामी मंसिर १० गते परिक्षा घडि बन्ने निश्चित छ । तथापि दुवै राजनीतिक शक्तिले आफ्नो जित दावि गरिरहेका छन्।

आगामी मंसिर १० गते धेरै राजनीतिक दल र नेताको लागि कालिकोटका जनता अग्नि हुनेछन् । परिक्षामा परिणत हुनेछन मैदानका नेता । विगतका निर्वाचनलाई आधार मान्ने हो भने जिल्लाका मतदाताको मनस्थिति सहजै बुझ्न सकिने स्थिति छैन् ।

२०६४ सालको संविधान सभाको निर्वाचनमा माओवादीले अत्याधिक विजय हासिल गरेको थियो । २०७० सालमा समयले कोल्टे फेर्यो । वर्तमान समयका बिना विभागिय मन्त्री महेन्द्र शाहीले सन्तोस जनक जित हात पारेका थिए ।

यसरी हेर्दा ०७० सालमा काँग्रेस भित्रको अन्तरघातले गर्दा हाल मैदानमा रहेका भुपेन्द्रजंग शाहीको यात्रा अधुरो बनेको थियो । तथापि यसपालि महासचिव शाही बाजिमार्ने खेलमा छन् ।

यूवा पंतिका रोजाईमा परेका शाहीलाई यो पटक टिकट वितरणको विषय चुनौति बन्न सक्छ । दलित, महिला र अल्पसंख्यकको आवाज बन्ने मुख्य ऐजेण्डा बनाएका तरुण महासचिव शाही फरक स्थितिमा उभिन बाध्य भएका छन्।

उता वाम गठबन्धनले अल्पसंख्यकको तर्फबाट जनकनाथ योगी, दलितबाट कालो सार्की, महिलाबाट यशोदा चौलागाईलाई मैदानमा उतारेको छ ।

२०७० सालमा तरुण महासचिव शाही चुनावि कमाण्डार विहीन मैदानमा थिए । उल्टै शाहीसँग तात्किालिन पार्टीका सदस्यहरुले चर्को आर्थिक माग गरेको चर्चा सुन्नमा आएको थियो ।

यस पालि तरुण महासचिव शाहीले जिल्ला सभापति हर्षबहादुर बमको चुनावी नेतृत्व पाएका छन् । पार्टीका सबै सदस्यहरुले उत्तिकै साथ दिएको देखिन्छ । दुर्ग बहादुर रावतलाई पीडित नेताको रुपमा हेरिएको छ । यि दुबै नेताको जिल्लामा उत्तिकै प्रभाव भएकाले परिणामका बारेमा यसै भन्न सकिने स्थिति छैन ।

प्रदेश सभाको चर्चा

जिल्लामा रहेका दुईवटा प्रदेश सभा सदस्यको लागि वाम गठबन्धनको तर्फबाट बिना विभागिय मन्त्री महेन्द्र बहादुर शाही र काँग्रेसको तर्फबाट कालि बहादुर सहकारी मैदानमा छन् ।

वर्तमान सरकारका उर्जा मन्त्री समेत रहेका मन्त्री शाहीले आफ्नो छोटो कार्यकालमा जिल्लाको लागि महत्वकाक्षि योजना अघि सारेका छन् । राष्ट्रिय विद्युत प्रसारण लाईनलाई कालिकोटसँग जोड्ने, फुकगाड विद्युत योजना निमार्ण लगायतका कामहरु गरेका छन् ।
अर्को तर्फ शाही प्रदेश नम्बर ६ को मुख्यमन्त्रीको दाबेदार पनि हुन ।

यहि कारण पनि महेन्द्र बहादुर शाही आफ्नो जित सुरक्षित गर्न अहिले गाउँ अभियानमा व्यस्त छन् । कालिकोटका यूवा वर्गको रोजाईमा परेका शाहीको जितमा कालि बहादुर सहकारी चुनौति बन्ने देखिन्छन् । सहकारी जिल्लामा राम्रो प्रभाव जमाउन सफल छन् ।

स्थानिय तहको निवार्चनको मतलाई हेर्ने हो भने प्रदेश ‘ख’ मा रहेका पाँचवटा स्थानिय तह मध्य पचाल झरना, पलाता, शान्नित्रिवेणि गाउँपालिका र राष्कोट नगरपालिकामा माओवादीले जित निकालेको थियो । त्यस्तै नरहरिनाथ गाउँपालिकामा एमालेसँग झिनो मतले पराजय भोगेको थियो । यसका आधारमा शाही आफ्नो जित सुनिश्चित भएको बताउँछन् ।

त्यस्तै प्रदेश ‘ख’ मा एमाले नेता कुर्मराज शाही वाम गठबन्धनबाट मैदानमा छन् । काँग्रेसबाट टेकराज शाही मैदानमा छन् । तिलागुफा गाउँपालिका माओवदीले जित हात पारेको थियो भने खाडाचक्र नगरपालिका र कालिका गाउँपालिकामा एमालेले जित हात पारेको थियो ।

महावैं गाउँपालिकामा काँग्रेसले कठिन जित निकालेको थियो । यस आधारमा वाम गठबन्धनका तर्फका उम्मेदार कुर्मराज शाही अघि देखिन्छन् । जिल्लाको कुलमतदाता ६४ हजार ९ सय ६१ मध्य प्रदेश ‘ख’ मा ३७ हजार मतदाता रहेको छ।



प्रतिक्रिया दिनुहोस्