Logo

मधेसी नेतालाई ‘सूर्यको भर’



cpn-uml-1

काठमाडौं ३ मंसिर ।  एमालेसँग राजनीतिक गठबन्धन गरी चुनावी मैदानमा उत्रिएका तराई केन्द्रित स्वतन्त्र राजनीतिक समूहका चार नेताका लागि यो चुनाव प्रतिष्ठाको विषय बनेको छ। राष्ट्रिय जनता पार्टीबाट विद्रोह गरी एमालेको चुनाव चिह्न सूर्य लिएर मैदानमा उत्रिएका हृदयेश त्रिपाठी, बृजेशकुमार गुप्ता, ईश्वरदयाल मिश्र र पशुपतिदयाल मि श्रले यसपटकको चुनावमा मधेस आन्दोलनका सहयात्रीसँगै प्रतिस्पर्धा गर्नुलाई राजनीतिक अस्तित्वसँग जोडेर हेरिएको छ। उनीहरूले असोज १६ गते दुई बुँदे सम्झौता गरी एमालेसँग चुनावी गठबन्धन गरेका थिए।

प्रतिनिधिसभा सदस्यका लागि नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) क्षेत्र नं १ बाट उम्मेदवार बनेका त्रिपाठीका साथै अन्य नेताको प्रतिस्पर्धा विगतका सहयात्रीसँगै छ। त्रिपाठी, नेपाल सद्भावना पार्टीवाट संसदीय निर्वाचनमा तीनपटक विजयी भएका थिए। संविधानसभा निर्वाचनमा भने तमलोपाबाट कांग्रेसका देवकरण कलवारलाई झिनो मतान्तरले पराजित गरेका थिए।

पूर्वमन्त्री त्रिपाठी यसपटक पनि पुरानै प्रतिद्वन्द्वी कांग्रेसका कलवारसँग प्रतिस्पर्धामा उत्रिएका छन्। भन्छन्, ‘मेरो प्रतिस्पर्धा यसपटक पनि कांग्रेसका उम्मेदवारसँगै हुन्छ।’ लगभग दुई लाख आठ हजार मतदातालाई आकर्षित गर्न त्रिपाठी र कलवारले अहिले चुनावी अभियानलाई तीव्र बनाएका छन्। अन्य तीन नेताको प्रतिस्पर्धा भने विगतमा आन्दोलनमा सँगै रहेकासँग हुने देखिएको छ।

गुप्ता र मि श्रद्वयले प्रतिनिधिसभाका लागि नारायणी पश्चिमका तीन स्थानमा उम्मेदवारी दिएका छन्। एमालेको चुनाव चिह्न सूर्य लिएर प्रतिस्पर्धामा उत्रिए पनि छुट्टै प्रतिबद्धतासहित उनीहरू भोट मागिरहेका छन्। राष्ट्रिय जनता पार्टीमा अपमानपूर्ण व्यवहार भएकाले विद्रोह गर्न बाध्य हुनुपरेको उनीहरूको भनाइ छ। पूर्वप्रधानमन्त्री सुशील कोइरालाको गृहनगर बाँके, क्षेत्र नं २ बाट प्रतिनिधिसभाका लागि उम्मेदवारी दिएका पशुपति दयाल मि श्र दुई दशक लामो राजनीतिक यात्राको अग्निपरीक्षामा छन्।

एमालेको चुनाव चिह्न सूर्य लिएर प्रतिस्पर्धामा उत्रिए पनि राजपाका विद्रोही नेताहरू त्रिपाठी, गुप्ता र मिश्रद्वय छुट्टै प्रतिबद्धतासहित भोट मागिरहेका छन्। घरदैलो अभियानमा व्यस्त मि श्र भन्छन्, ‘एमाले र माओवादीका साथीको पनि साथ छ। त्यसैले यो हामी सबैको प्रतिष्ठाको विषय बनेको छ।’ तराई आन्दोलनमा एकै ठाउँ भएका संघीय समाजवादी फोरमका मोहम्मद इस्तियाक राईसँग उनको प्रतिस्पर्धा छ। पूर्वमन्त्री राईले पनि डिजिटल प्रचार अभियान सुरु गरेका छन्। उनले सामाजिक सञ्जाल र फेसबुकको भरपुर प्रयोग गरेका छन्।

मिश्र भन्छन्, ‘आन्दोलनमा एकै ठाउँ भइयो, चुनावमा प्रतिस्पर्धी छौं।’ झन्डै ८२ हजार मतदाताको घरदैलोमा पुग्न नभ्याए पनि सांगठनिक र व्यक्तिगत भोट आउने कुरामा उनी आशावादी छन्। कांग्रेससँग चुनावी तालमेल गरेर उम्मेदवार दिएका राष्ट्रिय प्रजातन्त्र पार्टीका ओमप्रकाश आजाद पनि बलिया प्रतिस्पर्धी मानिएका छन्। यस क्षेत्रबाट दोस्रो संविधानसभामा कांग्रेसका तत्कालीन सभापति कोइराला निर्वाचित भएका थिए।

मधेसी नेतालाई ‘सूर्यको भर'कपिलवस्तु क्षेत्र नं. २ मा पूर्वकानुनमन्त्री बृजेशकुमार गुप्ता र कांग्रेसका जिल्ला सभापति सुरेन्द्रराज आचार्यबीच प्रतिस्पर्धा छ। संसदीय निर्वाचन र संविधानसभा निर्वाचनमा तराई मधेस लोकतान्त्रिक पार्टीबाट तीनपटक चुनाव जितेका उनी यसपटक वाम गठबन्धनबाट चुनावी मैदानमा छन्। उनी राजपाका पूर्वकेन्द्रीय महामन्त्री पनि हुन्।

त्यस्तै, कपिलवस्तु क्षेत्र नं. ३ मा राजपाका पूर्वकेन्द्रीय सदस्य ईश्वर दयाललाई समाजवादी फोरम परित्याग गरी कांग्रेसबाट उम्मेदवार बनेका अभिषेक प्रताप शाह र फोरमबाट दुई पटक निर्वाचित शाहले टक्कर दिँदै छन्। राजपा परित्याग गरी संघीय समाजवादी फोरमका तर्फबाट उम्मेदवार बनेका मंगलप्रसाद गुप्ता पनि बलिया उम्मेदवार मानिएका छन्।

पूर्व भौतिक राज्यमन्त्री मि श्र भन्छन्, ‘पहिला कुम जोडेर तराई मधेस आन्दोलन गर्‍यौं। अब चुनावी मैदानमा प्रतिस्पर्धामा छौं। तर, मेरो जित निश्चित छ।’ अहिले स्वतन्त्र पहिचानका साथ क्रियाशील भए पनि चुनावपछि कुन दलमा प्रवेश गर्ने÷नगर्ने भन्नेबारे निर्णय गर्ने स्वतन्त्र राजनीतिक समूहका नेताको भनाइ छ। अन्नपूर्णपोष्टबाट



प्रतिक्रिया दिनुहोस्