Logo

मान्म बजारमा रहेका होटलबाट ४ हजार लिटर घरेलु मदिरा नष्ट



कालिकोट, ३ मंसिर । जिल्ला प्रहरी कार्यालय कालिकोटले मान्म बजारका बिभिन्न होटलबाट ४ हजार लिटर घरेलु मदिरा नष्ट गरेको छ ।

प्रहरीले अवैध घरेलु मधिरा विक्रि वितरण गदै आइरहेका पसलहरुमा छापा मारेर जफत गरेको मदिरा आज नष्ट गरेको हो ।

मंसिर १० गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनलाई शान्त, मर्यादित र भइरहित वातावरणमा सम्पन्न गर्न कालिकोट जिल्लाका विभिन्न बजारमा यो अभियान निरन्तर संचालन गरेको प्रहरी निरिक्षक निरोज चौलगाईले जानकारी दिए ।

यसअघि सम्पन्न स्थानिय तहको निर्वाचनमा मदिरा सेवनका कारण विभिन्न घटाना भएको भन्दै अवैध घरेलु वरामद अभियान कालिकोट जिल्लामा प्रहरीले यो अभियान सञ्चालन गरेको हो ।



प्रतिक्रिया दिनुहोस्