Logo

धनुषको हलिउड फिल्मको फर्स्ट लुक सार्वजनिक



मुम्बई, ३ मंसिर । रजनीकान्तका ज्वाइँ तथा एक्टर धनुषले हलिउड फिल्ममा पनि आफ्नो पाइला राखेका छन् ।

कोलावरी डीु फेम सिंगर तथा एक्टर धनुषको हलिउड फिल्म द एक्स्ट्रा अर्डिनरी जर्नी अफ द फकीरुको फर्स्ट लुक पोष्टर सार्वजनिक भएको छ ।

फर्स्ट लुकमा उनी निलो रंगको कोट र पाइन्टमा देखिएका छन् । फिल्मलाई केन स्कोटले निर्देशन गरेका हुन् ।

धनुषका अलावा फिल्ममा फ्रान्सिसी एक्टर बेरेनाइस बेजो, बरखाद अब्दी र एरिन मोरियट्री पनि मुख्य भूमिकामा छन् ।

द एक्स्ट्राअर्डिनरी जर्नी अफ द फकीरु अजातशत्रुको कहानी हो, जो एक फकीर हुन् । आफ्नो विचित्र पितालाई खोज्न उनी एक असाधारण यात्रामा निस्कन्छन् ।

फिल्मलाई मुम्बई, रोम, पेरिस जस्ता लोकेसनमा फिल्मांकन गरिएको हो । फिल्मको प्रदर्शन मिति घोषणा गरिएको छैन ।



प्रतिक्रिया दिनुहोस्