Logo

कुनैपनि बेला सेना बाहिर निस्किन्छ : रक्षा मन्त्री



काठमाडौं ४ मंसिर । रक्षामन्त्री भीमसेनदास प्रधानले निर्वाचनविरोधी गतिविधि रोक्न सेना बाहिर निस्किने बताएका छन् । उनले चुनाव विथोल्न खोज्ने गर्ने जो कोहीलाई सेनाले कडा कारबाही गर्ने चेतावनी दिए । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा कुराकानी गर्दै उनले यो घटना नेत्रविक्रम चन्द्य समुहले नै गराएको दावी गर्दै सेनाले अब त्यस्ता गतिविधि रोक्ने बताए ।

उनले विप्लप समुहको कारवाहकिा विषयमा आज सोमबार बस्ने मन्त्रिपरिषद् बैठकले केही गम्भीर निर्णयलिने जानकारी दिए । ‘चुनाव रोक्ने जो सुकै समुह दल भएपनि सरकारले कारवाही गर्छ ’ बहसमा ऋषि धमलासँग कुराकानी गर्दै मन्त्री प्रधानले भने, ‘ सेनाले उम्मेदवार र सर्वसाधारणलाई लक्ष्य गरी विस्फोट गर्नु निन्दनीयछ त्यसरालाई रोक्न सेना कुनैपनि बेला बाहिर निस्किन सक्छ । ’ मुलुकभर भएका विस्फोटका घटनाले सेनालाई सचेत र गम्भीर बन्न बाध्य बनाएको बताए । उनले निर्वाचन सुरक्षालाई ध्यानमा राख्दै स्थलगत र हवाई गस्ती भइरहेको समेत जानकारी दिए ।

सेनाको रिर्पाटमा कांग्रेस बलियो
मन्त्री प्रधानले प्रतिनीधिसभा र प्रदेश सभाको चुनावमा कांग्रेसले बहुमत ल्याउन दावी गरे । उनले नेपाली सेनाको रिपोर्टले पनि देशमा कांग्रेस बलियो रहेको देखिएको दावी गरे । उनले वामगठबन्धनबाट एमालेलाई घाटा र माओवादी केन्द्रलाई फाइदा भएको पनि टिप्पणी गरे ।



प्रतिक्रिया दिनुहोस्