Logo

भारतको विकल्पका रुपमा चीनतर्फ अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि प्रस्ताव पठाइँदै



काठमाडौं ६ मंसिर । तिब्बतको केरुङ हुँदै नेपालको रसुवागढी जोड्ने अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्न प्राविधिक रुपमा उपयुक्त भएको प्रस्ताव परराष्ट्र मन्त्रालयमार्फत चीन सरकारलाई पठाउने तयारी ऊर्जा मन्त्रालयले गरेको छ ।

नेपाल विद्युत प्राधिकरणले उक्त क्षेत्रको स्थलगत अध्ययनपछि तयार पारेको प्राविधिक रिपोर्ट ऊर्जा मन्त्रालयमा बुझाएको थियो । मन्त्रालयका प्रवक्ता दिनेशकुमार घिमिरेले उक्त प्रस्ताव परराष्ट्र मन्त्रालयमार्फत चीन सरकारलाई पठाउन लागेको जानकारी दिए ।

बिजुली आयात तथा निर्यात भारततर्फ मात्र हुने गरेकोमा त्यसको विकल्पका रुपमा चीनतर्फको यो प्रसारण लाइन निर्माणलाई प्राथमिकता दिन थालिएको हो । उक्त प्रसारण लाइन निर्माण प्राविधिक रुपमा उचित ठहर भए पनि कति रकम लाग्ने भन्नेबारे अझै अध्ययन हुन बाँकी रहेको प्राधिकरणको भनाइ छ । –नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्