Logo

भारतले रोक्यो मल: यस्तो देखायो कारण



काठमाडौं ६ मंसिर । भारतको कोलकाता बन्दरगाहमा पटक पटक समस्या बेहार्दै आएको नेपालले अहिले भने मल आयातमा पनि समस्या बेहोर्नु परेको छ । भारतीय रेलवेको अवरोधका कारण कोलकाताबाट वीरगन्ज सुख्खा वन्दरगाहमा आउने मल लोड गरिएको रेल नआउँदा नेपाली बजारमा मलको अभाव भएको छ ।

मल अभावका कारण हिँंउदे बाली लगाउने किसानलाई भने समस्या भएको छ । आजको कारोबारमा निरज पिठाकोटेले लेखेका छन् ।

अहिले कोलकातामा मागअनुसारको रेल र्याक उपलब्ध नभएको साथै बीचबाटो र अन्तिम गन्तव्य वीरगन्ज सुख्खा बन्दरगाहमा पनि जाम भएको भन्दै भारतीय रेलवेले कन्टेनर बोक्ने रेल कोलकाता जान रोक लगाएको छ ।



प्रतिक्रिया दिनुहोस्