Logo

गायक पाख्रिनले गीत गाउँदा गाउँदै संसार छोडे



काठमाडौं, ६ मंसिर । वाम गठवन्धनले चितवनको भरतपुरमा आयोजना गरेको चुनावी सभामा ढलेका जनवादी गायक खुसीराम पाख्रिनको निधन भएको छ । उनको हृदयघातका कारण निधन भएको बताइएको छ ।

मंञ्चमा ढले लगत्तै भरतपुरको नारायणी सामुदायिक अस्पतालमा लगिएको थिया । तर, उपचारका क्रममा निधन भएको माओवादी केन्द्रका नेता नारायण दाहालले जानकारी दिए । गायक पाख्रिनले सभामा दुईवटा गीत समेत गाएका थिए ।



प्रतिक्रिया दिनुहोस्