Logo

सुदूरपश्चिमका जनतालाई भने चुनावले छोएन, भारत जानेको हुल



कालिकोट, ६ मंसिर । प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव आउन केही दिन मात्र बाँकी रहँदा सुदूरपश्चिमका जनतालाई भने चुनावले छोएन ।

चुनावको मुखैमा सुदूरपश्चिमका विभिन्न जिल्लाबाट मजदुरीका लागि भारत जानेको लर्को नै लागेको छ ।हरेक वर्ष हिउँदको समयमा मजदुरी गर्न जाने स्थानीयवासीहरु यो वर्ष पनि हिउँद सुरु भएसँगैभारत हिँडेका हुन् ।

बढ्दो बेरोजगार, गरिबीका कारण यहाँका थुप्रै युवायुवति देखि जेष्ठ नागरिकहरुसम्म भारतका विभिन्न ठाउँमा जाने गर्दछन् ।रोजगारीसँगै उपचारका लागि भन्दै भारतको पुना, दिल्ली र मुम्बईमा समेत जाने गरेका छन् ।

कैलालीको प्रमुख नाका गौरीफन्टा भएर भारत जानेको संख्या दैनिक बढि रहेको छ । संयौको संख्यामा उनीहरु भारत गइरहेका छन् ।

धनगढी उपमहानगरपालिका १४ का ५६ वर्षीय हर्कबहादुर सार्की चुनावको भन्दा पनि परिवारको चिन्ताले सताएका कारण रोजगारी र उपचारको लागि भन्दै भारतको रत्नागिरि जान लागेको बताए ।

उनले कसलाई भोट हालेर के हुने हो र भन्दै श्रीमती बिरामी भएको बताउँदै उपचार पनि हुने र केही आम्दानी पनि हुने भएका कारण भारत जान लागेको बताए ।

कृष्णपुर नगरपालिका २, कन्चनपुरका २४ वर्षीय हिक्मत रानाले नेताप्रतिको जनताको विश्वास नरहेका कारण भोट हालेर खेर फाल्नु भन्दा भारत गएर काम गर्दा घरको आर्थिक स्थितिमा समेत केही राहत पुग्ने भएका कारण गहु छरेर कामका लागि भारत जान लागेको बताए ।



प्रतिक्रिया दिनुहोस्