Logo

कालिकोटमा २२ वर्षपछि खोलो फर्काउने कसरतमा काँग्रेस : सभापति बम



कालिकोट, ६ मंसिर । नेपाली काँग्रेस जिल्ला कार्यसमिति कालिकोटका सभापति एवम् लोकतान्त्रिक गठबन्धनका चुनावी कमाण्डर हर्षबहादुर बमले आगामी निर्वाचनमा जिल्लामा काँग्रेस विजयि हुने दावि गरेका छन् ।

‘स्वच्छ, निश्पक्ष र भएरहित निर्वाचन, रिपोर्टर्स नेपालको अभियान’ भन्ने मुलनाराका साथ रेडियो नेपाली आवाजसँगको सहकार्यमा प्रसारित कार्यक्रम ‘निर्वाचन विशेष’मा पत्रकार धनराज वास्तविकसँग कुराकानि गर्दै सभापति बमले यस्तो दाबि गरेका हुन ।

कालिकोटका जनता योग्य उम्मेद्वार छान्नेमा विश्वस्त रहेको भन्दै सभापति बमले २०४८ सालमा तिलक प्रसाद न्यौपानेले जितेको जानकारी दिए । उनले भने,‘२२ वर्षपछि कालिकोटमा काँग्रेस जित निकाल्ने दौडमा छ, यसपालि कालिकोटमा काँग्रेस विजयि हुन्छ।’

सभापति बलमे अघि थपे,‘कालिकोटमा काँग्रेसले योग्य उम्मेद्वार छानेको छ, सुन्दर कालिकोटलाई समृद्ध बनाउने सपना काँग्रेसको हो, जनता भ्रममा रहने स्थिति छैन्, हाम्रो पक्षमा माहोल छ, हाम्रो जित हुन्छ।’



प्रतिक्रिया दिनुहोस्