Logo

क्रियाशिल पत्रकार मञ्च कालिकोटको अध्यक्षमा रावल



कालीवहादुर मल्लः कालिकोट ६ मंसिर । क्रियाशिल पत्रकार मंञ्च कालिकोट शाखाको प्रथम जिल्ला अधिवेशनले रमेश रावलको अध्यक्षतामा सात सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ ।

अधिवेशनले ‘समृद्ध प्रदेशको आधारशिला, विकासका लागि सवल पत्रकारिता’ भन्ने मुल नाराकासाथ उद्घाटन गरिएको अधिवेशनले उपाध्यक्षमा अप्सरा विष्ट, सचिवमा विश्वनाथ सिम्खाडा, कोषाध्यक्षमा साधना शाही, सह-सचिवमा रमेश सुनार चयन भएका छन ।

त्यस्तै सदस्यहरुमा लक्ष्मी तिमल्सेना र कर्ण विक निर्वाचित भएको मंञ्चका केन्द्रीय अध्यक्ष ललित वुढाले वताए । मञ्च जिल्ला शाखा तदर्थ समितिका संयोजक अप्सरा विष्टको अध्यक्षतामा र खाँडाचक्र नगरपालिकाका प्रमुख जसिप्रसाद पाण्डेको प्रमुख आतिथ्यतामा आयोजित अधिवेशन उद्घाटन समारोहमा नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष तुलाराम पाण्डे, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य कालीवहादुर मल्ल लगाएतले शुभकामना मन्तव्य राखेका थिए ।



प्रतिक्रिया दिनुहोस्