Logo

चिकित्सक क्षेत्रमा बौद्धिक चोरीको विगविगी



काठमाडौं ७ मंसिर । नाईजेरियामा गरिएको एक अनुसन्धानलाई पश्चिम नेपालमा गरिएको भन्दै बाली मेडिकल जर्नल र नेपाल मेडिकल जर्नलमा लेख प्रकाशित गर्ने चिकित्सकले यस्तो गल्ती नदोहोर्याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

यसरी लेख प्रकाशित गराउने पाँचसदस्यीय टोलीका एक काठमाडौं विश्वविद्यालयको बायोकेमेस्ट्री विभाग तथा नेपालगन्ज मेडिकल बलेज कोहलपुरका लेक्चर मुकेशकुमार एमके श्रीवास्तले विगतमा गल्ती गरेको बताए ।

हामी बौद्धिक चोरीका बारेमा त्यति जानकारी थिएनौं, श्रीवास्तवले भने, टोलीका अन्य साथी देशबाहिर छन् । मसहित मेरो परिवारका सदस्य निकै ठुलो मानसिक दबाबमा छौं । मेरो बुबालाई ह्रदयघात भन्यो । उनले पुरानो विषयम भएकाले समाचार प्रकाशित नगर्न अनुरोध गर्दै भने, यस्तो गल्ती आगामी दिनमा हुनेछैन । मैले यसअघि नै यसलाई छाडिसके ।, यो खबर आजको नागरिकमा छ ।



प्रतिक्रिया दिनुहोस्