Logo

जनकपुर-जयनगर रेलमार्ग अन्तिम चरणमा: कहिले हुन्छ पुरा ?



काठमाडौं ७ मंसिर । निर्माणाधिन जयनगर जनकपुर रेलमार्गमा बिछ्याउने रेलका लिक आउन थालेका छन् । आजको नागरिक दैनिकमा यो खबर छ ।

३५ किलोमिटर लामो उक्त मार्गका लागि आवश्यक फलामे लिक सोमबारदेखि आउन सुरु गरेका हुन् । उक्त रेलमार्गमा बिछ्याउनका लागि झन्डै ४१ हजार टन रेल लिक ल्याउन लागिएको हो । सोमबार झन्डै १० टन लिक आइसकेको रेल विभागका महानिर्देशक अनन्त आचार्यले बताए ।

जयनगरदेखि सुरु भएर जनकपुर हुँदै बर्दिबाससम्म पुग्ने ६९.२ किलोमिटर मध्ये धनुषा कुर्थासम्म ३५ किमि रेलमार्ग लिक बिछ्याउन लागिएको हो । यो मार्ग २०७५ कात्तिकभित्र सक्ने विभागले जनाएको छ । सन्तोष न्यौपानेले आजको नागरि दैनिकमा लेखेका छन् ।



प्रतिक्रिया दिनुहोस्