Logo

केपी ओलीको घरको गेटमा बम विस्फोट



काठमाडौं ९ मंसिर । एकपछि अर्को गर्दै उम्मेदवार लक्षित बम विष्फोटका घटनाहरु अझै रोकिएका छैनन् । शनिबार एकाविहानै एमाले अध्यक्ष केपी ओलीको झापास्थित घरको गेटमा बम विस्फोट गराइएको छ ।

विहान ४ बजेतिर झापाको दमक नगरपालिका–५ मा रहेको ओलीको घरको पूर्वी गेटमा विस्फोट भएको प्रहरीले जानकारी दिएको छ । विस्फोटबाट गेटमा सामान्य क्षति भएको छ । यस्तै त्यहिं नजिकै अर्को विस्फोटक पदार्थ पनि भेटिएको छ । अहिले त्यहाँको सुरक्षा व्यवस्था कडा पारिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot