Logo

३२ जिल्लामा सवारी निषेध



काठमाडौं १० मंसिर ।
पहिलो चरण निर्वाचन हुने ३२ जिल्लामा आज ९आइतबार० सवारीसाधन बन्द हुने भएको छ । निर्वाचन आयोगले सवारीसाधन नचलाउन सार्वजनिक आह्वान गरेको छ ।

आयोगले ३२ जिल्लामा शनिबार राति १२ बजेदेखि आइतबार साँझ ५ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइएको भन्दै सोहीअनुसार तयारी गर्न सूचना जारी गरेको हो ।

आयोगको यस्तो निर्णयसँगै पृथ्वी राजमार्ग र अरनिको राजमार्ग भएर ओहोरदोहोर गर्ने सवारीसाधन प्रभावित हुने भएका छन् । यस्तै बीपी राजमार्ग भएर रामेछाप, ओखलढुंगा जाने सवारीलाई समेत असर पुग्नेछ ।

मतदान हुने जिल्लामा निजी र सार्वजनिक यातायात सञ्चालनमा रोक लगाइए पनि सुरक्षा निकाय र निर्वाचन प्रयोजनका लागि सवारी पास लिएका साधन भने निर्बाध रूपमा चल्न पाउनेछन् । अत्यावश्यक सेवाका एम्बुलेन्स, दमकल सञ्चालनमा पनि निर्वाचनले कुनै बाधा पार्नेछैन ।



प्रतिक्रिया दिनुहोस्