Logo

अशुद्ध पानी बेच्नेलाई अब कारवाही, उद्योग नै बन्द गर्न सकिने



काठमाडौं ११ मंसिर । सरकारले अशुद्ध पानी बेच्ने उद्योगको कारोबार बन्द गर्ने भएको छ । पिउने पानी र उत्पादन गर्ने उद्योगमै गुणस्तरको समस्या फेला परेपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले कारोबार बन्द गर्नेसम्मको योजना बनाएको हो । यसका लागि विभागको ‘प्रशोधित पिउने पानी उत्पादन मापदण्डसम्बन्धी निर्देशिका २०७४’ जारी गरेको छ ।

विभागका अनुसार मुलुकभर करिब ४०० पानी उद्योग दर्ता छन् । यी उद्योगलाई मापदण्डको दायरामा ल्याउन निर्देशिका जारी गरिएको विभागले जनाएको छ । –कान्तिपुर दैनिकबाट



प्रतिक्रिया दिनुहोस्