काठमाडौं ११ मंसिर । पहिलो चरणको चुनाव सकिएलगत्तै दोस्रो चरणको चुनावका लागि दलहरु नयाँ रणनीति बनाउन लागेका छन् । नेपाली कांग्रेस र जनतापार्टीले प्रदेश नम्बर २ मा नयाँ रणनीतिसहित अघि बढ्ने छलफल सुरु गरेका छन् उच्च तहका उम्मेदवारका कारण नै चुनावी तालमेलमा सकस भइरहेका बेला धनुषामा नयाँ रणनीति बनाएर जानेमा छलफल सुरु भएको छ ।
धनुषा क्षेत्र नम्बर ३ मा उम्मेदवार बनेका कांग्रेसका प्रभावशाली नेता विमलेन्द्र निधी र राजपाका अध्यक्ष मंढलका सदस्य राजेन्द्र महतो प्रतिस्प्र्धामा छन् । दुई मध्ये एकजना पछि हट्ने र अर्कोलाई सकर्थन गर्ने विषयमा कांग्रेसभित्र छलफल सुरु भएको छ । दोस्रो चरणको चुनावमा तालमेल गर्ने रणनीति बनाइरहेको टोलीले पार्टीभित्र त्यो प्रस्ताव ल्याएको हो । महतो र निधी मध्ये एक जनालाई राष्ट्रिय सभामा लैजाने गरि छलफल सुरु भएको छ । तर, तत्काल पछि हट्न दुइटैले मानेका छैनन । संघिय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले कांग्रेस तयार भए तालमेल गर्न सकिने बताए ।
पत्रकार ऋषि धमलासँग कुराकानी गर्दै उनले केही विषयमा राजपा र केही विषयमा कांग्रेस पछि हटेयो भने तालमेल हुनसक्ने बताए । राजपा र कांग्रेसबिच चुनावी तालमेल गरेर उक्त क्षेत्रबाट साझा उम्मेदवार बनाउने विषयमा लामो बहस भए पनि निधी र महतोले अडान नछोडेपछि दुवै शीर्ष नेता उम्मेदवार बनेका थिए । निधीले भने महतोले अडान नछाडेका कारण तालमेल हुन नसकेको र आफुलाई महतो छेड्न तयार भए अरु विषयमा कांग्रेस सम्झौता गर्न तयार रहेको बताए । अस्पतालमा रहेका निधीले आफु प्रतिनिधीसभाबाटै आउन चाहेको पनि बताए । दुई नेताको जुँगाको लडाईले धार्मिक, ऐतिहासिक र पौराणिक महत्व बोकेको जनकपुरधाम अहिले राजनीतिकले तातेको छ ।
महतो भने सलार्हीबाट पराजित भएका थिए । नकपुर उपमहानगरपालिकाको २५ वटा वडामध्ये १५ वटा वडा सोही क्षेत्रमा रहेका छन् । ती वडामध्ये अधिकाँशमा राजपा नेपाल नै जितेका छन् । १५ वडामध्ये नौवटा वडा राजपा नेपालले जितेका छन् भने काँग्रेसले चार र एमालेले दुईवटा वडा जितेका छन् । सोही निर्वाचन क्षेत्रमा वाम गठबन्धनको तर्फबाट जुली महासेठले प्रतिस्पर्धा गर्ने भएकी छन् । जुली एमाले नेता रघुबीर महासेठकी पत्नी समेत हुन् ।
तालमेलमा सकस
महोत्तरी ३ बाट राजपा अध्यक्ष महन्थ ठाकुर उठ्ने भएपछि कांग्रेसले उनलाई सघाउन आफ्ना उम्मेदवार फिर्ता बोलायो । तर, महोत्तरीकै अर्को क्षेत्रमा कांग्रेस र राजपाको घमासान चलिरहेको छ । क्षेत्र नं २ मा कांग्रेसकी किरण यादव र राजपाका अर्का अध्यक्ष शरत्सिंह भण्डारी भिड्दै छन् ।त्यसो त मधेसका प्रायः सबै जिल्लामा कांग्रेस र मधेस केन्द्रित पार्टीका उम्मेदवार आपसमा प्रतिस्पर्धी छन् । संविधान संशोधनका लागि मधेसमा भोट माग्दै गरेका राजपा र फोरमका संयुक्त उम्मेदवारहरू त्यही मुद्दा उठाएर मधेस छिरेको कांग्रेससँग प्रतिस्पर्धारत हुँदै गर्दा लोकतान्त्रिक धुरीको मत विभाजित हुने प्रस्ट देखिएको छ ।