Logo

कालिकोटमा ६५ प्रतिशत मतदान, परिणामको पर्खाइमा मतदाता



कालिकोट, १४ मंसिर । जिल्लामा ६५ दशमलव ९४ प्रतिशत मतदान भएको जिल्ला निर्बाचन कार्यालय कालिकोटले जनाएको छ । मंसिर १० गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यका लागि भएको निर्बाचनमा ६५ दशमलव ९४ प्रतिशत मतदाताहरुले मतदान गरेका हुन् ।

कालिकोट जिल्लामा रहेका ६४ हजार ९ सय ६१ मतदाता मध्य ४२ हजार ८ सय ४० मतदाताहरुले मतदान गरेका छन् । जस अनुसार प्रदेश सभा क मा २७ हजार ४ सय ६९ मतदाता मध्य १९ हजार ६३ जना र प्रदेश सभा ख मा ३७ हजार ४ सय ९२ मध्य २३ हजार ७ सय ७७ मतदाताले मतदान गरेका छन् ।

जसमा पुरुष २० हजार ९ सय ३८ र महिला २१ हजार ९ सय ८ जना मतदाताहरुले मतदात गरेको निर्बाचन कार्यालयले जनाएको छ ।

सुरक्षा सम्वेदनशीताका हिसावले अति संवेदनशील जिल्लाका रुपमा लिएको कालिकोट जिल्लामा नेपाल कम्यूनिष्ट पार्टीको अवरोधका बावजुत निर्बाचन शान्तिपुर्ण सम्पन्न भएको प्रमूख जिल्ला अधिकारी बद्रीनाथ गैरेले जानकारी दिए ।

गैरेका अनुसार जिल्लाका ९९ वटै मतदान केन्द्रहरुबाट सबै मतपेटिकाहरु यातायात सेवा भएको ठाँउसम्मका गाडीबाट र अति दुर्गम क्षेत्रका हेलिकप्टरको माध्यमबाट सकुशल सदरमुकाम ल्याईएको छ ।

 

जिल्ला निर्बाचन कार्यालयका अनुसार जिल्लामा गत बैशाख ३१ गते सम्पन्न भएको स्थानिय तहको निर्बाचनमा झण्डै ८० प्रतिशत मतदान भएपनि यस पटक भने ६५ प्रतिशत मात्र मतदान भएको छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot