Logo

स्थानीय निकायमा इन्टरनेटको सुविधा पुर्याइनेः सञ्चारमन्त्री बस्नेत



दाङ, १६ मंसिर । सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले यहाँका उपमहानगरपालिका, नगरपालिका र स्थानीय निकायमा सरकारले इन्टरनेटको सुविधा पुर्याउन लागेको बताउनु भएको छ ।

प्रेस युनियन दाङले आज घोराहीमा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । उहाँले नेपालका हरेक स्थानीय निकायमा केही समयमै इन्टरनेटको सुविधा पु¥याउने तयारी भएको छ भन्नुभयो ।

रेडियो नेपालको प्रादेशिक कार्यालयको उद्घाटनका लागि दाङ आउनुभएका मन्त्री बस्नेतले भौतिक र साधन स्रोतले भरिपूर्ण भएको दाङ प्रदेश नं ५ को राजधानी बन्ने बताउनुभयो । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot