Logo

चुनाव जित्न देउवा, ओली र प्रचण्डका बलिया र कमजोर पक्ष



काठमाडौं १८ मंसिर ।
मंसिर २१ गते हुन लागेको प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा मुलुकका विभिन्न क्षेत्रबाट उम्मेदवारी दिएका प्रमुख दलका शीर्ष नेताहरु चुनौतीको चाङ पन्छाउने अन्तिम दौडमा जटेका छन् । गठबन्धनपछि दलभित्र देखिएको असन्तुष्टि, आफ्नैबाट हुने घातअन्तरघात, नयाँ दलप्रति आकर्षित युवाजमात र हेक निर्वाचनमा अदलवदल हुने न्युट्रल मतदाताले गर्दा यसपालिपनि काँग्रेस, एमाले, माओवादी केन्द्र तथा मधेसकेन्द्रित दलका शीर्ष नेतालाई जिवयी बन्न सजिलो नभएको विश्वलेषक बताउँछन् । शीर्ष र चर्चित नेताहरु प्रतिस्पर्धा गर्ने ठाउँबारे मानिसमा चासो बढेको छ ।

एमाले, माओवादी र राष्ट्रिय जनमोर्चाबीच गठबन्धन भएको छ भने नेपाली कांग्रेसले पनि कतिपय ठाउँमा नयाँ शक्ति, राप्रपा, राप्रपा (प्रजातान्त्रिक) लगायतका दलसँग तालमेल गरेको छ । यसै कारणले पनि हिमाली र पहाडी क्षेत्रमा दुई पक्षीय प्रतिस्पर्धा देख्न सकिन्छ। मधेसमा भने त्रिपक्षीय प्रतिस्पर्धा छ ।

. शेरबहादुर देउवा

देउवा डडेल्धुरा–१ बाट प्रतिस्पर्धा गर्दैछन् । डडेल्धुरामा प्रतिनिधिसभाको एउटा मात्रै चुनाव क्षेत्र छ। उनीसँग वाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका खगराज भट्टले प्रतिस्पर्धा गर्दैछन् । भट्ट देउवासँग दुई पटक पराजित भइसकेका छन् । २०६४ सालमा पहिलो संविधानसभाको चुनावमा देउवाले २० हजार ५ सय २९ मत ल्याएका थिए, भट्टले १९ हजार १ सय ६१ मत ल्याएका थिए । दोस्रो संविधानसभाको चुनावमा देउवाले मत बढाएर २३ हजार ९ सय २० पुर्याउँदा भट्ट १२ हजार ३ सय ३२ मा खुम्चिएका थिए।

वाम गठबन्धनको अर्को दल एमालेको यहाँ खासै प्रभाव छैन। गत संविधानसभाको चुनावमा एमालेका उम्मेदवार ताराप्रसाद जोशीले १ हजार १ सय ३० मत मात्र ल्याएका थिए । देउवा उच्चतहको नेता र जिल्लाका विकास गर्ने अगाडी रहेकाले उनको बलियो सम्भावना छ । सुदूरपश्चिमबाट त्यो तहको नेता छैन । तर गठबन्धन उनका लागि चुनौती छ ।

केपी ओली
ओली झापा–५ बाट वाम गठबन्धनको साझा उम्मेदवार बनेका छन्। उनीसँग नेपाली कांग्रेसका खगेन्द्र अधिकारीले प्रतिस्पर्धा गर्दैछन् । यसअघि २०७० को दोस्रो संविधानसभा निर्वाचनमा झापा–७ बाट विजयी ओलीले कांग्रेस उम्मेदवार सुरेशकुमार सुब्बालाई ८ हजारभन्दा बढी मतान्तरले पछि पारेका थिए । राजनीतिमा पहिलो पटक आएका प्रतिस्पर्धी रहेको र भावी प्रधानमन्त्रीका रुपमा हेरिएकाले ओलीको सम्भावना बलियो छ । वाम गठबन्धन पनि सहयोगी देखिन्छ । तर, वौद्धिक उम्मेदवार उनका लागि चुनौती देखिन्छ ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’
प्रचण्ड पहिलो संविधानसभाको चुनावमा रोल्पा–२ र काठमाडौं–१० बाट निर्वा्चित भएका थिए । दोस्रोमा उनी काठमाडौं–१० बाट पराजित र सिरहा–५ बाट विजयी भएका थिए । अहिले उनी वाम गठबन्धनको साझा उम्मेदवारका रुपमा चितवन–३ बाट प्रतिस्पर्धामा छन्। उनीसँग राप्रपाका विक्रम पाण्डे प्रतिस्पर्धा गर्दैछन् । पाण्डेले ०७० सालको चुनावमा नवलपरासी–१ र चितवन–५ बाट प्रतिस्पर्धा गरेका थिए । उनी चितवन ५ बाट एमालेका उम्मदेवारलाई उछिन्दै विजयी भएका थिए । कांग्रेसको बलियो क्षेत्र र बाँदरमुडे घटना उनका लागि ठूलो चुनौती देखिएको छ । आइतबार बाँदरमुडे घटनाका पिडितसँग तनि बुँदे सहमति गरिसकेका छन् ।  तर वामगठबन्धन र भावी सरकारको नेतृत्वमा पुग्ने नेता भएकाले सम्भावना बलियो छ।



प्रतिक्रिया दिनुहोस्