Logo

पार्टीमा पहुँच नभएकै कारण समानुपातिक सुचिबाट हटाइयो : छाया सुनार



धनराज वास्तविक : काठमाडौं, १८ मंसिर । नेपाली राजनीतिमा नातावाद र कृपावादले छपक्कै ढाकेको छ भन्दा फरक नपार्ला ।  जे होस आगामी दिनमा सम्भावना भएका यूवाहरु राजनीतिकको नाममा शहिद बन्ने छैनन्।

पहिलो चरणको निर्वाचनको पूर्व सन्ध्यामा नेपाल महिला संघकी केन्द्रीय सदस्य तथा नेपाली काँग्रेस जिल्ला कार्य समिति कालिकोटकी सदस्य छाया सुनार आफु अस्वस्थ भएर पनि फोनबाटै काँग्रेसलाई जिताउन आग्रह मतदाताहरुलाई गरिरहेकी थिन् ।

केही बेरको कुराकानि पछि मैले आफ्नो कर्म सुरु गरे । किन तपाईको नाम समानुपातिकबाट हटाईयो ? किन राख्ने प्रयास गरिएन ?
रिपोर्टर्सनेपालसँगको कुराकानिमा उनले भनिन्,‘कारणहरु त धेरै छन् तर मुख्य कारण मेरो जातको पार्टीमा कोही नभएरै हो, प्रदेश नम्बर ६ बाट म एक्लो महिला त्यसैमाथि दलित पनि थिए,तर पार्टीले मलाई हटाएर अर्कै व्यक्तिलाई छनोट गर्यो, मेरो पहुँच नभएरै हो ।’

टिकट वितरणले निर्वाचनमा कत्तिको असर गर्छ भनेर सोधिएको अर्को प्रश्नमा नेतृ सुनारले भनिन्,‘मेरो प्राथना कालिकोटमा यसपालि काँग्रेसले जित्छ, जित्नुपछ जितोस भन्ने छ, कालिकोटमा २२ वर्षपछि हाम्रो पक्षमा माहोल उर्लेको छ, मेरो धर्म पनि त पार्टीले जितोस भन्ने हो।’

उनले भनिन्,‘मलाई त त्यस्तो लाग्दैन, आज पार्टीले नदिए भोलि दिन्छ, कित बिचार छोडेर हिड्नु पर्यो, गरिब मानसिकताको राजनीति मैले गर्न जानेको छैन्, हाम्रो कालिकोटमा हिजोका दिनमा के भयो त्यसको पछि म लाग्न चाहन्न, आजको स्थितिमा एक भएर लागेका छौँ, म अवस्थ हुँदा मात्रै हो चुनावी सभाहरुमा जान पाईन,उम्मेद्वारहरुका बीचमा केही असमजदारी थिएन निर्वाचनमा असर हुँदैन,तथापी केही असर जस्तो देखिएपनि त्यसको समिक्षा होला म त्यहाँ बोल्छ अहिले चुप रहन्छु।’

सनारले अघि थपिन,‘ईमान्दार, नैतिकता, सम्मान र संस्कारको राजनीति प्रति उत्तरदायि हुनु मेरो धर्म हो, आगामी पाँचवर्ष पछि प्रत्यक्ष चुनाव लडेर मैदानबाटै आउने तयारीमा जुट्ने हो।’

पार्टीभित्रबाट जनताको बीचमा गएर चुनाव लड्न सक्नेलाई समेत टिकट दिन चुकेको बताउँदै दलितलाई पार्टीले हेर्ने दृष्टिकोणमा आमुल परिवर्तन नआइसकेको टिप्पणी गरिन्।

समानुपातिकमा तपाईको नाम परेको भए करिब सभासद बन्ने पक्का थियो तर तपाई चुक्नु भयो लोभ लागेन ? भनेर सोधिएको प्रश्नको जवाफमा सुनारले भनिन्,‘हो म पक्का समानुपातिक तर्फबाट सभासद बन्ने थिए, मलाई त्यो अवसर चुकेकोमा कुनै पश्चाताप रहेन, किन कि गएको अवसर भन्दा आगामी दिनमा पाउने अवसरलाई कसरी उपभोग गर्ने भन्नेमा छु।’

उनले भनिन्,‘हामी गुण्डागद्र्धीको राजनीतिबाट टाढा छौ, हामीले न्याय र समानताको आधारमा जनताको सेवा गर्न राजनीतिक मैदानमा छौँ, यो वा त्यो पक्षका महिला साथीहरुलाई काखि च्याप्ने, शक्तिको भरमा टिकट दिने र लिने कार्यले पार्टीलाई ठुलो धक्का लाग्छ त्यो धक्का कालिकोटमा नलागोस् मेरो भन्नु यति हो।’

कालिकोट कम्यूनिष्टहरुको लालकिल्ला हो तर तपाईले काँग्रेस जित्छ भन्नु भयो आधार के हो ? कालिकोटमा काँग्रेसले जित्ने ? भनेर गरिएको अर्को प्रश्नको जवाफमा सुनारले भनिन्,‘राजनीतिमा थकाई हुँदैन, हरेश हुँदैन, भरोसा हुन्छ, हामी आशा गछौँ, स्थानिय तहको निर्वाचन जस्तो यो चुनाव होईन, मतदाताको मनस्थिति वद्लि रहन्छ, कालिकोटमा यो वाक्य पुरा हुन्छ, कालिकोटमा काँग्रेसले जित्छ।’

आगामी योजना के छ ? भनेर सोधिएको अन्तिम प्रशनको जवाफमा उनले भनिन्,‘म अबका पाँचवर्षमा कालिकोटको राजनीतिमा इमान, क्षमता, नैतिकता र सम्मानको राजनीति थितिको स्थापना गर्न लाग्नेछु, मुलुक फेरी निर्वाचनमा होमिन्छ त्यसबेला म मैदानमा जाने वातावरण बनाउछु।’

नोटो–कालिकोटमा आजका मितिमा भोटहरु मतपेटिमा छन् । महिला संघकी केन्द्रिय सदस्य छाया सुनार घरको बारदलिबाट खसेर अस्वस्थ छन् ।



प्रतिक्रिया दिनुहोस्