Logo

कालिकोटमा वाम गठबन्धनको अग्रता कायम



कालिकोट, २२ मंसिर । कालिकोटमा वाम गठबन्धनका सबै उम्मेद्वारको अग्रता कायम रहेको छ । वामगठबन्धन तर्फका प्रतिनिधि सभा सदस्यका उम्मेद्वार दुर्ग बहादुर रावतले ४७०० मत प्राप्त गरेका छन् । त्यस्तै लोकतान्त्रिक गठबन्धनका उम्मेद्वार भुपेन्द्रजंग शाहीले ४१६१ मतकासाथ राउतलाई पछ्याईरहेका छन् ।

त्यस्तै प्रदेश सभा ‘क’ मा वाम गठबन्धनका कुर्मराज शाही तीव्र मतान्तरकासाथ अघि बढिरहेका छन् । शाहीले काँग्रेसका टेकराज शाहीलाई ३ हजार मतले पछि पार्दै विजयिको यात्रामा छन् ।

कालिकोटको प्रदेश ‘ख’वामगठबन्धनका महेन्द्र बहादुर शाहीले ३५४७ लोकतान्त्रिक गठबन्धनका कालिबहादुर सहकारीले २४४२ मत प्राप्त गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot