Logo

काठमाण्डु क्षेत्र नम्बर १ मा प्रकाशमान विजयी रविन्द्र ८१९ मतान्तरले पराजित



काठमाडौं २३ मंसिर । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा विजयी भएका छन् । विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्र कम मतानन्तरले पराजित भए । मिश्रलाई ८१९ मतान्तरले पराजित गर्दै कांग्रेस नेता सिंह विजयी बनेका हुन् ।

सिंहले १० हजार ९ सय ३७ मत पाएका छन् । सिंहका निकटतम प्रतिद्वन्द्वी रविन्द्र मिश्रले १० हजार ११८ मत पाएर दोस्रो स्थान हासिल गरेका छन् । वाम गठबन्धनका उम्मेदवार अनिल शर्माले भ ५ हजार ३३५ मत ल्याए । प्रकाशमान सिंहको जितसँगै प्रतिनिधिसभामा नेपाली कांग्रेसले जितको पहिलो खाता खोलेको हो । दुई ठाउँमा जितेको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot