Logo

सिन्धुपाल्चोक जिल्लाको दुवै प्रतिनिधि सभा बाम गठबन्धन,१० हजार बढी मतान्तरले सापकोटा विजयी



काठमाडौं २३ मंसिर । सिन्धुपाल्चोक जिल्लाको दुवै प्रतिनिधि सभा बाम गठबन्धनले जितेको छ। प्रतिनिधि सभा १ मा कांग्रेसका मोहनबहादुर बस्नेतलाई हराउदै नेकपा माओवादी केन्द्रका अग्नि प्रसाद सापकोटा विजयी भएका हुन्। माओवादी केन्द्रका नेता अग्नी सापकोटा सिन्धुपाल्चोक क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा निर्वाचनमा विजयी भएका छन् । उनले ४० हजार ५ सय ४ मत पाएका छन् । उनले कांग्रेस उम्मेदवार मोहनबहादुर बस्नेतलाई १० हजार ७ सय बढी मतान्तरले हराएका हुन् । बस्नेतले २९ हजार ७ सय ९८ मत पाए । सापकोटा पूर्व मन्त्री हुन् भने बस्नेत सूचना तथा सञ्चार मन्त्री हुन् ।

यस्तै प्रतिनिधि सभा २ मा भने राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशमशेर राणालाई हराउँदै नेकपा एमालेका शेरबहादुर तामाङले जित हाँसिल गरे। तामाङले ३८ हजार ४ सय १ मत ल्याउँदा राणाको मत ३० हजार ३ सय ६९ मात्र आयो।



प्रतिक्रिया दिनुहोस्

Screenshot